विश्वभर २ करोड ४६ लाखबढीलाई कोरोना संक्रमण,भारतमा संक्रमितको संख्या ३३ लाख नाघ्यो

आजभोलि

काठमाडौं । विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ७० लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ४६ लाख २४ हजार ९ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ७० लाख ९२ हजार ७ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ लाख ३५ हजार ६ सय भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ५ हजार ८ सयबढीको मृत्यु भएका छन् भने २ लाख ६२ हजार ७ सय भन्दाबढी कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ६६ लाख ९६ हजार ६ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६१ हजार ४ सय बढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ६० लाख ४६ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।संक्रमितमध्ये ३३ लाख ४७ हजार ९ सय भन्दाबढी निको भएका छन् भने १ लाख ८४ हजार ७ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३७ लाख ६४ हजार ४ सय ९३ पुगेको छ भने १ लाख १८ हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २९ लाख ४७ हजार २ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ८४ हजार ५ सय ७५ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ हजार ६ सय नाघेको छ ।

संक्रमितमध्ये २५ लाख ८३ हजार भन्दा धेरै निको भएका छन् भने ७ लाख ४९ हजार ८ सयबढीको उपचार भइरहेको छ ।

  • १२ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !