‘अलोकप्रिय’ अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

आजभोलि

काठमाडौं र अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्रीडा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बालुवाटारमा प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई भेटेर राजीनामा दिएको बालुवाटार स्रोतले जानकारी दियो । राजीनामा लगत्तै उनी आफ्नो निजी निवास फर्केको स्रोतले जानकारी दिएको छ ।

बिहीबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा रहेका रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । आज मन्त्रीपरिषदको बैठकले बामदेव गौतमलाई सिफारिस गरेको थियो । खतिवडाको पद समाप्त भएपछि उनी स्वतः पदमुक्त हुने कानुनी व्यवस्था रहेको थियो ।

जनता तथा व्यवसायीहरुलाई नचाहिदो कर लगाएको, जनतालाई कोरोनाको महामारीमा पनि राहत उपलब्ध गर्न नसकेको तथा अर्थतन्त्र घाटामा चलाएको लगायतका आरोप सहित उनी निकै आलोचित बन्दै आइरहेका छन् । नेकपाभित्रै पनि उनको लामो समयसम्म आलोचना भइरहेको छ । तर प्रधानमन्त्री ओलीका प्रिय पात्र भएकाले उनलाई हटाउन सकेको अवस्था थिएन ।

  • १९ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !