नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघ्यो

आजभोलि

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार नेपालमा सङ्क्रमित हुने कुल ४४ हजार २३६ पुगेको जनाइएको छ । २४ घण्टामा एक हजार ३५९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सक्रिय सङ्क्रमितहरू १८ हजार ४०४ रहेका छन् । संस्थागत आइसोलेसनमा दश हजार ९४२ रहेका छन् । होम आइसोलेसनमा सात हजार ४६२ रहेका छन् ।

आज २४ घण्टामा एकहजार ३५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५८ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २५ हजार ५६१ पुगेको छ ।

लकडाउन गरेको तीन हप्ता भए पनि उपत्यकामा संक्रमणको संख्या घटन सकेको छैन् । दिनदिनै संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले जनाएको छ ।

  • १९ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ३. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • ४. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ५. नेपाली कांग्रेसको आगामी बाटोः लोकतान्त्रिक समाजवाद की उदारवाद ?
  • ६. डा. गोविन्द केसीमाथि प्रहरीको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा
  • ७. मुर्दावाद – कविता
  • ८. चिन्तारत बलदेव
  • ९. पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेले पाए सफाई
  • १०. ‘कस्तो बज्रपात मेरो सिन्धु जिल्लालाई’ सार्वजनिक (भिडियोसहित)