कठमाडौँ । हालसम्म नेपालमा कोरोनाको सङ्ख्या ४७ हजार २३६ पुगेको ट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सउ ७९ सङ्क्रमित थपिएका छन् ।
हालसम्म ३० हजार ६७७ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको ६५ प्रतिशत हो ।
अहिले आइसोलेसनमा १६ हजार २५९ रहेका छन् । क्वारेन्टिनमा चारहजार ७३९ जना सङ्क्रमित रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा ११ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट नेपालमा तीन सय जनाको मृत्यु भइसकेको छ ।
लकडाउन भएको तीन हप्त भए पनि संक्रमितको संख्यामा भने कमी आएको छैन् । उपत्यकामा पीसीआर परिक्षणको दायरा बढाए पनि सुद्युरपश्चित तथा कर्णाली प्रदेशमा भने परिक्षणको दायरा बढ्न सकेको छैन ।