बीपी जयन्तीमा तरुण दलद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

आजभोलि

ललितपुर । नेपाल तरुण दलले स्वास्थ्यकर्मीलाई कोरोनाबाट बच्नको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । तरुण दलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताल तथा वीर अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गरेको नेपाल तरुण दलका अध्यक्ष जीत जंग बस्नेतले जनाएका छन् । अग्रपंतीमा खटिएका स्वास्थ्यकर्मी अझ बढी जोखिममा रहेकाले कोरोनाबाट बच्नको लागि आफूहरुले अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको बस्नेतले जानकारी दिए ।

नेपाल तरुण दलले १०७ औं १०७ औं बीपी जयन्तीको अवसर पारेर स्वास्थ्य सामाग्री वितरण गरेको जनाएको छ । अध्यक्ष बस्नेतका अनुसार पाटन अस्पतालमा १००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड वितरण गरेको जनाए । त्यस्तै वीर अस्पताललाई १००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड हस्तान्तरण गरेको जनाएको छ । दुबै अस्पतालका अन्तरगतका नेक, कान तथा घाटी विभागलाई सवास्थ्य सामाग्री उपलब्ध गराएको थियो ।

नेपाल तरुण दललाई स्वास्थ्य सामाग्री नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खान सहयोग गरेको तरुण दलले जनाएको छ ।

विगतदेखि नेपाल तरुण दलले कोरोना बिरुद्धको अभियान तथा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

  • २४ भाद्र २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !