थप १,२४६ जनामा कोरोना संक्रमण, १,८१८ जना डिस्चार्ज

आजभोलि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४९५ जना, भक्तपुरमा ३४ र ललितपुरमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१४४ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ५,८०६ जना रहेका छन् । आइसोलेसनामा १४,४४८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बिहीबार थप १,८१८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३५,७०० पुगेको छ । आइसियूमा १६५ र भेन्टिलेटरमा २१ जनाको उपचार भइरहेको छ ।

यसैबीच कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंमा दुई पुरुष र एक महिला तथा चितवन र कपिलवस्तुमा एक एक पुरुषको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको मन्त्रालयले जनाएको छ ।

 

  • २५ भाद्र २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !