विश्वका २ करोड ८३ लाख मानिसलाई कोरोना संक्रमण

आजभोलि

विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड ३ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । महामारीको रुपमा फैलिएको कोरोनाबाट संक्रमित भएकामध्ये एकै दिन २ लाख ३६ हजार ६ सय ८३ मानिस संक्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या २ करोड ३ लाख ३५ हजार ९९२ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।

चीनको वुहानमा गतवर्षको डिसेम्बर अन्तिममा देखिएको भाइरसबाट हाल विश्वका २ करोड ८३ लाख ८१ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ५ हजार ९८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १३ हजार ८५३ पुगेको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ७० लाख ७१ हजार ९ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६० हजार ७ सय बढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ६५ लाख ८८ हजार १ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ३८ लाख ७९ हजार ९ सय भन्दाबढी निको भएका छन् भने १ लाख ९६ हजार ५ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ७६० जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३५ लाख ३९ हजार ९८३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ४३८ जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७६ हजार ३०४ पुगेको छ ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४२ लाख ३९ हजार ७ सय ६३ पुगेको छ भने १ लाख २९ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३४ लाख ९७ हजार ३ सय भन्दा बढी निको भएका छन् ।

  • २६ भाद्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !