विश्वमा २ करोड ८६ लाख कोरोना संक्रमित,दुई करोड ५ लाख संक्रमणमुक्त

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख १९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ६८३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १९ हजार ५ सय ७७ पुगेको छ ।यस्तै, पछिल्लो २४ घण्टामा ३ लाख ४ हजार १ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८६ लाख ४९ हजार ५ सय भन्दा धेरै भएको छ ।

संक्रमितमध्ये २ करोड ५ लाख ७४ हजार २ सय भन्दा बढी निको भएका छन् भने अहिले विश्वमा ७१ लाख ५५ हजार ६ सय भन्दा धेरै सक्रिय संक्रमित रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६६ लाख ३६ हजार २ सय नाघेको छ । यस्तै, १ लाख ९७ हजार ४ सय बढीको मृत्यु भएको छ भने ३९ लाख १७ हजार ९ सय भन्दा बढी निको भएका छन् ।

छिमेकी मुलुक भारतमा ४६ लाख ५७ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७७ हजार ५ सय ७ पुगेको छ । संक्रमितमध्ये ३६ लाख २१ हजार ४ सय भन्दा धेरै निको भएका छन् । ब्राजिलमा ४२ लाख ८३ हजार ९ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ३० हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३५ लाख ३० हजार ६ सय भन्दाबढी निको भएका छन् ।

  • २७ भाद्र २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !