विश्वमा एकैदिन २ लाख २० हजार भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८१ हजार ८ सय नाघेको छ । यस्तै, एकैदिन २ लाख २० हजार ६४० कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १० लाख २६ हजार ७९० पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

यस्तै, एकै दिन थप ३ हजार ९०५ को मृत्यु भएसंगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख २८ हजार २७६ पुगेको छ । संक्रमितमध्ये ७२ लाख २६ हजार ८ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६० हजार ४ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा संक्रमितको संख्या ६७ लाख ९ हजार ४ सय नाघेको छ । कोरोनाका कारण १ लाख ९८ हजार ५ सय बढीको मृत्यु भएको छ भने ३९ लाख ७४ हजार ९ सय मानिस निको भएका छन् ।

यस्तै, भारतमा कोरोना संक्रमितको संख्या ४८ लाख ४५ हजार नाघेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७९ हजार ७५४ पुगेको छ भने ३७ लाख ७७ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ४३ लाख ३० हजार ४ सय मानिस संक्रमित भएका छन् भने १ लाख ३१ हजार ६ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३५ लाख ७३ हजार ९ सय भन्दाबढी निको भएका छन् ।

  • २९ भाद्र २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !