विश्वका दुई करोड १२ लाख मानिस कोरोना संक्रमणमुक्त

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड १२ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये २ करोड १२ लाख ७५ हजार ५ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् । एकै दिन २ लाख ४७ हजार ९८४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

चिनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका २ करोड ९४ लाख ४० हजार ९ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४ हजार ३५२ जनाको मृत्यु भएको छ  । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार ७३० पुगेको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ७२ लाख ३२ हजार ७ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६० हजार ७ सय बढीको अवस्था गम्भीर रहेको छ ।यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ६७ लाख ४९ हजार २ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ४० लाख २७ हजार ८ सय भन्दाबढी निको भएका छन् भने १ लाख ९९ हजारको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या  संक्रमितको संख्या ४९ लाख २६ हजार ९१४ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ५६ हजार २४६ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ८९ हजार ८६० जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार ८०८ छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४३ लाख ४९ हजार ५ सय ४४ पुगेको छ भने १ लाख ३२ हजार १ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३६ लाख १३ हजार भन्दा बढी निको भएका छन् ।

  • ३० भाद्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !