हालसम्मकै उच्च दैनिक सङ्क्रमण, १,५३९ मा कोरोना पुष्टि, ८ जनाको मृत्यु

आजभोलि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको बताए । यो संगैं संक्रमितको संख्या ५८ हजार तीन सय २७ पुगेको छ । यो एकै दिन पुष्टि गरिएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ९४ जनाको नमुना परीक्षण गरिएको छ । ७ हजार ८ सय २० जना क्वारेन्टाइनमा रहेका छन् भने १६ हजार २४२ जना आइसोलेसनमा सक्रिय संक्रमित रहेका छन् ।

मंगलबार थप १ हजार ६८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ । अहिलेसम्म झन्डै ७१.५ प्रतिशत सङ्क्रमितहरू कोरोनामुक्त भएको सरकारी तथ्याङ्क छ।

यस्तै पछिल्लो २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ७९ पुगेको  प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । हाल आइसियूमा १७३ छन् भने भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

  • ३१ भाद्र २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !