विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो,९ लाख ४५ हजारको मृत्यु

आजभोलि

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ३० हजार नाघेको छ ।

गत डिसेम्बर अम्तिममा चिनको वुहानमा देखिएको कोरोना हाल २ सय १६ देशमा फैलिएको छ । विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ३ करोड ३० हजार ८ सय नाघेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये २ करोड १७ लाख ९२ हजार ८ सय भन्दाबढी निको भएका छन् । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर ९ लाख ४५ हजार भन्दाबढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार भन्दाबढी संक्रमण पुष्टि भएको छ भने ६ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ७२ लाख ८८ हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार २ सय बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६८ लाख २८ हजार ३ सय नाघेको छ । कोरोनाका कारण २ लाख १ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ भने ४१ लाख १९ हजार भन्दाबढी मानिस निको भएका छन् । यस्तै, भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख १५ हजार ८ सय नाघेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८३ हजार २ सय २३ पुगेको छ भने ४० लाख २२ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ४४ लाख २१ हजार ६ सय भन्दाबढी मानिस संक्रमित भएका छन् भने १ लाख ३४ हजार १ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ३७ लाख २० हजार भन्दाबढी निको भएका छन् ।

  • १ आश्विन २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !