गणेशमान सिंह स्मृति दिवसमा रक्तदान

आजभोलि

काठमाडौं । २३ औं गणेशमान सिंह स्मृति दिवसमा काठमाडौंमा रक्तदान सम्पन्न भएको छ । काठमाडौंको विजय मेमोरियल माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक शारदा लामाले बताए । उक्त रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको उनले जानकारी दिए ।

रक्तदान कार्यक्रमको आयोजना युवा सृजनशील समाज नेपाल नामक संस्थाले आयोजना गरेको थियो । कार्यक्रमको सहयोगी संस्थाको रुपमा ब्लड डोनर्स एशोसियशन नेपालले सहयोग गरेको आयोजकले बताए ।

रक्तदान कार्यक्रमको संयोजक शारदा लामाले गणेशमान सिंहको २३ औं स्मृति दिवस तथा संविधान दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको बताए । उनले भनिन, कोरोनाको कहरमा अस्पतालहरुमा रगतको अभाव भएर विरामीको उपचारमा कठीनाई भइरहेकोले आवश्यक विरामीको उपचारमा रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रम आयोजान गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति सबुत कृष्ण बानिया, स्थानीय जनप्रतिनिधि तथा रक्तदाताको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्रीद्वय मनोजमणी आचार्य तथा प्रतिमा गौतमको समेत उपस्थिति रहेको जनाइएको छ ।

  • ३ आश्विन २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !