उपत्यकामा मात्र ६ सय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

आजभोलि

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६०० भन्दा बढीमा स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मी सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले सङ्क्रमण बढी देखिएको छ । कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टिन, कन्ट्र्याट ट्रेसिङमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी सङ्क्रमण भएको बताए ।

सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासका अनुसार शिक्षण अस्पताला १५० भन्दा स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । तीमध्ये २१ चिकित्सक, अधिकांश नर्स र वार्ड सहयोग रहेका छन् । उहाँले सङ्क्रमितमध्ये धेरै निको भएर घर फर्किसकेको जानकारी दिनुभयो । अहिले उक्त अस्पतालमा २७ जनामात्र स्वास्थ्यकर्मी सक्रिय सङ्क्रमित छन् ।

यस्तै वीर अस्पतालमा ११५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । वीरका कार्यकारी निर्देशक डा केदार सेञ्चुरीका अनुसार तीमध्ये २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनका कर्मचारी छन् । सङ्क्रमितमध्ये २५ प्रतिशत निको भएर काम गर्न आइसकेको उहाँले जानकारी दिए । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दुई चिकित्सक र अन्य नर्स छन् ।

सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिन थालेको छ । सङ्क्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले जानकारी दिए ।

अहिले मुलुकभरि ६१ हजार ५९३ जनामा सङ्क्रमण देखिएको छ भने ४३ हजार ८२० जना सङ्क्रमण निको भएर घर फर्किसकेका र ३९० जनाको सङ्क्रमणबाट निधन भएको छ ।

 

  • ३ आश्विन २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !