जीवन र जगत

पुष्पराज अधिकारी

मौन छु। चारैतिर नियाल्न पुग्छु, मानिसमा मानवता हराएको भान हुन थाल्दछ। संसार मानिसकै कारण असुरक्षित छ।सबै तिर उज्यालोमा पनि अन्धकार छाए झैं भएको छ। आफ्नो क्षणिक स्वार्थ पूर्तिको लागि ठूला(ठूला सोच्न नसकिने हिंसाहरु, अपराध, भ्रष्टाचार कुसंस्कारको जालोले हाम्रा सन्ततीको भबिश्य कता जाने हो सोच्न सकिने स्थिति अवश्य पनि छैन।

भुइँ अन्धकार भएतापनि माथि धेरै माथी आकाशमा चम्किरहेको जुन, तारा सजिलै देखिए झैँ यस धर्तीमा अझै पनि परिवर्तन गराउन सकिने, अन्धकारमा दियोको मधुर तर स्वच्छ उज्यालो भए झै अझ पनि चेतनाका उज्याला प्रकाशहरु समाप्त भएका छैनन्। चकिला दियो हरु निब्न लाग्दा तेल थपेर दियो लाई उर्जा दिई अझै बाल्न सकिन्छ। हो तेस्तै हामिले पनि हाम्रो मनमा स्वच्छ भावनारुपिमनमा मनरुपि तेल थपेर आफैं मा उर्जा दिएर संसारलाई शान्तिको बाटोमा लिएर आउन पक्कै सक्छौं । घर, परिवार, समाज हुँदै आफू भित्रको अहम हटाइ समग्र रास्ट्र प्रति सबैले चाहेको शान्तिपूर्ण दृष्टिकोणको अर्जुनदृष्टि मार्फत समग्र संसारमा पुनः खुशीको बहारको झिलिमिली छाउने छ।

हरेक मानिसको मनमा आशाको त्यान्द्रो झुन्डिएको हुन्छ। हर दिन सुखको खोजीमा भौंतारी रहेको हुन्छ मानिस। तर उसले खोजेको सुख के हो त्यो बुझ्नै न सकि, उसले चाहेको सुख परिवारमा बाड्न नभ्याउदै उस्ले यो संसार त्याग्न परेको हुन्छ। साच्चै अपरम्पार छ यो प्रकृतिको लीला । जीवन को छोटो यात्रामा सकारात्मक कर्महरुद्वारा आफ्नो मृत्यु पश्चात् पनि सबैले सम्झन सक्ने गरी आफैले आफ्नो जीवन अमुल्य र चिरायु बनाउने हो। हाम्रो जीवन पनि कुमालेको चक्रको माटो जस्तै हो। हामीले हाम्रा जीवनको रुपरेखा, हाम्रो भविश्यको आकृती, हाम्रो स्वरुप, हाम्रो पहिचान आफैंले बनाउने हो।

हरेकपल मानिसमा दुई ओटा बाटाहरु तेर्सिएका हुन्छन। जीवनको गोरेटोमा क्षेणिकलाइ सम्हाल्दै जस्ले पछि सम्मको उज्यालो बाटोलाइ पच्छ्याउछ त्याहा शान्ति मिल्छ। यो नै शान्तिको मार्ग हो। जीवन को यर्थात चित्रण को पर्याय हो। सुखको सम्बेग हो।

उत्तिनखेरै लाभ लिन खोज्ने, अरुको खुशी चुडेर सांसारिक मोहमा लिप्त हुन खोज्ने, क्षणिक नै सम्पूर्ण हो भनी सोच्ने र अँध्यारो बाटोलाइ पछ्याउने व्यक्ति जो कोही पनि सुखी रहन सक्दैन। उनीहरुमा चिन्ता र जलन मात्र रहन्छ। यो उनीहरुको दुख को सम्बेग हो।

अन्धकारको कालो र उज्यालोको सेतो छुट्टाउन नसक्ने अर्थात छुट्टाएर पनि बुझ पचाइ कालो मैलो मै हिड्न खोज्ने धर्तीका बोझ हुन। शान्तिका भक्षक हुन।

प्रकृतिका आफ्नै देनहरु छन। उसको आफ्नै छुट्टै नियमहरु छन। खोला (नाला, डाडा ( पाखा, हिमाल, सुर्योदय, सुर्यअस्त, वायु आदि सबै आफ्नै नियममा बाधिएका हुन्छन। प्रकृतिको साथले हामीले हाम्रो जीवन यर्थात बनाएको हुन्छौं ।सुर्य अस्ताउन वा उदाउन छाडेर आफ्नो नियम तोडेमा हामीले हाम्रो जीवन परिकल्पना गर्न सक्दैनौं । खोलामा झरनामा पानी कल कल गरि नबगे त्यस्ले शोभा दिने कुरै हुँदैन ।प्रकृतिको कतिपय नियम झै मानिस आफू भित्र सिमा तय गरी नियम बनाएरै बस्नु पर्छ।
आजको येस कलियुगमा मानिस नियम भन्दा बाहिर छ। बरु छाडा छाडिएका जनावरहरु नियम अनुसार चलेका छन। भनिन्छ, मानिस संसारकै बुद्धिमानी प्राणी हो तर उसका आचरण पशुतुल्य भन्दा पनि निच हुँदै गएको छ। पशुपन्क्षी हएउ जस्तै हुलमा पनि मिलेर बसेका हुन्छन। आफ्ना सन्ततीलाई माया गरेका हुन्छन।

हास, कुखुरा अन्य पञ्छीले समेत आफ्ना सानो बच्चालाई गुड बनाइ राख्ने, खाना खोजेर लेराइ खुवाउने गर्दछन। अनि चीलले चरिको सानो बच्चालाई समाउन गएमा सकि नसकी उफ्रेर भयेपनी झम्टिन खोजेर ठुगुलाझैँ गरि आफ्नो बच्चालाई विशेष मायाका साथ हुर्कायेका हुन्छन । चराचुरुङ्गीले धेरै टाढा देखि चिर चिर गरेर कराएका भोका बच्चाहरुलाई आहरा खुवाइ हुर्काएका हुन्छन। दिन रात नाङै बसेपनि पशुहरु रात दिन केही नभनी मिलेर बसेका हुन्छन।

तर आज मानिस दुई दिनको चोलामा हासी खुशी बाच्न छाडेर तेरो मेरो भन्दै काट्मार गरेकाछन। आफूले नै हुर्काएको छोरी चेलीमाथी गिद्धेनजर लगाएकाछन। परिवारमा बुबा, आमा, दाजु भाइ, भाउजू कसै प्रति प्रेमभाव छैन। दिनहु बलत्कार, हत्या, अपहरण आदि जस्ता हिंसाले प्रसय पाई रहेको छ। आखिर मानिस किन पशुभन्दा पनि निच भइ रहेको छ । यसको उचित समाधान नभएमा दिन प्रतिदिन बढ्दो यस्ता हिंसाले समग्र मानव जीवन नै संकटमा परि समग्र अस्तित्व नै लोप नहोला भन्न सकिन्न।

यस धर्तिमा सृष्टि भयेका हर जीव आफ्नै चक्रमा घुमेका हुन्छन। प्रकृतिले नियम नै तेस्तो बनाइदिएको छ, जन्मनु, हुर्कनु, फक्रनु, बृद्ध हुनु अनि मृत्युबरण गर्नु। यो प्रकृतिका अपरिवर्तनीय नियमहरु हुन। यो नियम बुझेर पनि अज्ञानि हुनु मानव जीवन को मुर्खंता हो।

यहाँ समस्या कसलाइ पो छैन र ? धेरै मानिस धेरै तवरले तड्पिएर आँसु पियर बाचेका छन। तै पनि बाहिर मिसुक्क हास्ने चेस्टा गर्छन। यो उनीहरुको महानता हो। कति मानिसमा बिहान खाए बेलुका के खाने भनेर सोच्दै आफ्नो अनृम श्वास गन्दै छन तर कतिपय अरुको मुखको गास खोसेरै भयपनी पुस्तौं पुस्ता लाई कमाउन पर्ने भिड्को जमात बढी छ। धनाढ्य र ठुला बढा भनौदा हरुको पेलाइले गरिब झन पुस्तौं सम्म गरिब नै बनिरहेका छन।

कुर्न सक्नुपर्छ हरेक को घुमेरै भएपनी एकचोटी समय आउँछ उसको पालो अवश्य आउछ । मै हु भन्ने धनी पनि यही धर्तिमा धुवाँ भएर आकाशमा उड्ने हो उस्ले लगेको केही हुँदैन ।

जब सुनलाई मज्जाले पिटिन्छ, चेपिन्छ अनि बल्ल उ चम्किलो भइ नया सोरुपका साथ असली गहना बन्छ। तेस्तै जति नै पिडा भएपनि एक्दिन उसले अवश्य स्थान पाउने छ। घमण्डपन नै मानवको सर्वनाशको बाटो हो। बाँसको रुख जति नै अग्लो भएनी उ झुक्छ। आफ्नो बाटो बिर्सिदैन। जब बाटो बिर्सिन्छ मानिस गोल चक्करमा हराउँछ । कुबाटो को गतिले अवश्य बिनाश लिएर आँराउछ।

आफू पग्लिएर पनि उज्यालो छर्ने, अँध्यारो चिर्ने मैन्बत्ती झैं अटल साहस र हिम्मत बोकेर एकत्रित भयमा र अरुमा उज्यालो छर्ने चेतना बिजारोपण भयमा अवस्य पनि उसले समाजमा शान्ती मन रुपि बिउहरु छरी उज्यालो बाटोमा पाइला सारी समग्र धर्ती शान्तिमय एबम भय रहित समाज निर्माण रहने कुरामा पक्कै पनि दुई मत नरहला।भयरहित भै शान्ति स्थापना गर्नु नै बर्तमान समयको माग हो। यसबाटनै जीवन र जगत को सार झल्किन्छ।

२३ असोज २०७७
बिहान १० बजे

कीर्तिपुर (०२, काठमाडौ ।

 

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • २. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • ३. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ४. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ५. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ६. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ७. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी
  • ८. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ९. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • १०. आमालाई उभ्याई, आफू बसेर टिका थापेको भन्दै सामाजिक संजालमा राष्ट्रपति भण्डारीको आलोचना