कार्तिक ७ देखि ११ सम्म सम्पूर्ण बैंक पूर्ण बन्द हुने

आजभोलि

काठमाडौं । दशैमा नेपालभर सबै बैंकका सबै शाखाहरु बन्द हुने भएको छन् । नेपाल बैंकर्स सङ्घले जनाए अनुसार यस वर्ष कारोनाको जोखिम बढेकाले दशै बिदाभरी सबै शाखा बन्द हुने जनाएको छ ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द गर्ने जनाएका छन् । उनले भने, अधिकांश बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको उनले बताए ।

उनले भने बैंकहरुले दिने एटिएम तथा डिजिटल कारोबार भने सुचारु नै रहने जनाएका छन् । विगतका वर्षहरु मुख्य मुख्य शाखा खुला रहने गरेका थिए । तर यो वर्ष कोरोनाको कारण देखाएर सबै शाखा बन्द हुने भएका छन् । जसले गर्दा ग्राहकहरुमा मर्का पर्ने देखिन्छ ।

 

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !