अमेरिकी राष्ट्रपति ट्रम्पको चाइनीज बैंकमा खाता रहेको खुलाशा

आजभोलि

ऐजेन्सी । न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनको एक बैंकमा खाता रहेको जनाएको छ । यस बैंकमा सन् २०१३ देखि २०१५ सम्म ट्रम्पको इन्टरनेशनल म्यानेजमेन्टले स्थानीय कर भुक्तनाी गरेको रकेर्ड देखिएको न्यूयोर्क टाइम्सले रिपोट छापेको छ ।

ट्रम्पका प्रवक्ताका अनुसार यो खाता एशियन मुलुकहरुमा होटल व्यवसायका लागि खोलिएको हो । राष्ट्रपति ट्रम्पको ट्याक्स रेकर्ड अनुसार उनले व्यक्तिगत तथा कम्पनिको नामबाट यस खाता मार्फत ट्याक्स तिरेको रेर्कड भेटिएको छ ।

उक्त पत्रिकाको पछिल्लो रिपोर्ट अनुसार ट्रम्पले चाइनीज बैंकमा स्थानीय करको रुपमा १,८८,५६१ अमेरिकी डलर भुक्तानी गरेको जनाएको छ । ट्रम्पको चाइनीज बैंकमा खाता भएको रिपोट छापेपछि उनको आलोचना बढेको छ ।

ट्रम्प आफू चीन बिरोधी रहेको भन्दै विगत चार वर्षदेखि चिनीया नीतिको कडा आलोचना गर्दै आइरहेका थिए । यही नोभेम्बर तीनमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा चीनसँगको सम्बन्ध तथा नीति मुख्य मुद्दाको रुपमा रहेको छ ।

न्यूयोर्क टाइम्समा यो रिपोर्ट छापेपछि ट्रम्पको निकै आलोचना भइरहेको छ । यस घटनाले उनको चुनावी माहोललाई समेत प्रभाव पर्ने विश्लेषकहरुले बताएका छन् । अमेरिका भरी यस विषयले चर्चा पाएको छ ।

Photo: cnn.com

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !