काँग्रेस प्रवक्ता भन्छन् आफ्नै कार्यकर्ता हत्याको जाहेरी नबुझ्ने सरकारले कसरी गर्छ जनताको सुरक्षा

आजभोलि

काँग्रेस प्रवक्ता भन्छन् आफ्नै कार्यकर्ता हत्याको जाहेरी नबुझ्ने सरकारले कसरी गर्छ जनताको सुरक्षा

नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राख्ने भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी जारी गरी प्रश्न गरेका छन्

हत्याको जाहेरी समेत नलिएको र अस्पतालमै मृतकको शव रहिरहनु दुखद् भएको उनको भनाइ छ।

उनले पर्सा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

पर्सा विन्दावासिनी गाउँपालिका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरासियाको हत्याको घटनाबारे गहिरो छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको हो।

पार्टीले घटनाको दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुन कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो भनेको छ।

यसका साथै पार्टीले निष्पक्ष अनुसन्धान  र कानुनी कारबाहीको प्रक्रिया अविलम्ब सुरू गर्न समेत संघीय र प्रदेशलाई आग्रह गरेको छ।

गत बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो। एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो। उक्त झडपमा आठ जना घाइते थिए।

त्यसमध्ये चौरासिया गम्भीर घाइते भएका थिए। घाइते चौरासियाको शुक्रबार बिहान मृत्यु भएको हो।

  • ८ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !