डब्लुएचओ भन्छ, हिउँदमा कोभिड-१९ को जोखम बढ्छ

आजभोलि

मस्को । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आउने महिनामा कोभिड १९ अझ बढ्न सक्ने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसका अनुसार चिसो महिनाहरुमा भिड १९को समस्या थप बढ्ने चेतावनी दिएको छ ।

उनले विश्वमा कोभिड १९ को समस्या हल भइसकेको छैन, बरु कतिपय देशहरुमा अझै बढ्दै गएको छ भन्दै यो समस्या आगामी महिनामा थप बढ्ने बताए । उनले सबै देशहरुले अझ प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने आग्रह समेत गरेका छन् ।

उनले भने कतिपय नर्दन हेम्सफियरका देशहरुमा यो समस्या अझै बढ्दै गएको छ, ती देशका नागरिकले अहिले पनि निकै समस्या भोगेका छन् र कैयौँको ज्यान पनि गएको छ । विश्वका कतिपय देशका बढ्दो मात्रामा देखिएको महामारी हेर्दा पनि आगामी दिन थप समस्यग्रस्त हुनसक्ने भन्दै अहिले हामी महामारीको निकै समस्याको अवस्थामा रहेका छौं ।

हालैमात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा समस्याहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !