सभापति क्याम्पबाट देउवा की निधी ?

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकीएसँगै भावी सभापतिको चर्चा चुलिएको छ । १३ औं महाधिवेशनका उपविजेता राचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइरालादेखि शेखर कोइरालासम्मले आफ्नो उम्मेद्वारीमा दाबी गरिहेका छन् । पार्टी सभापति शेर बहादुर देउवा आफै फेरि उम्मेदवार बन्ने जनाइरहेका छन् । पार्टी तेस्रो समूह कृष्ण सिटौलाले पनि सभापतिमा उम्मेद्वारी दिने संकेत गरिरहेका छन् । पचास कटेका युवाहरु पनि धमाधम आफ्नो दाबी गर्दै आइरहेका छन् ।

अझ गजबको कुरा त के छ भने वर्तमान सभापति शेर बहादुर देउवा नजिक मानिएका उपसभापति विमलेन्द्र निधीले पनि आफू भावी सभापतिको उम्मेद्वार भएको दाबी गर्दै आइरहेका छन् । उनको उम्मेद्वारीले पार्टी सभापतिको क्याम्पबाट सभापतिको उम्मेद्वार को भन्ने जिज्ञासा उठाएको छ ।

निधीको उम्मेद्वारसँगै देउवा क्याम्पका खैलाबैला मच्चिएको छ । के साच्चै विमलेन्द्र निधी आउँदो महाधिवेशनको पार्टीको सभापतिको उम्मेद्वार बन्ने छन त ? यो प्रश्न चारैतिर उठी रहेको छ । बुढानिलकण्ठ श्रोतले जनाए अनुसार निधीले १४ औं महाधिबेशनमा वर्तमान सभापति शेर बहादुर देउवालाई सघाउने सहमती भएको दाबी गरेको छ ।

श्रोतले भन्यो, अहिले उहाँले सभापतिमा दाबी गरेपनि महाधिवेशनसम्ममा सबै मल्छि । उहाँले सभापति देउवालाई सहयोग गर्नुहुन्छ, श्रोतले बतायो । तर पछिल्लो समयमा निधी संचार माध्यममा आफू उम्मेदवार बन्ने र कुनै पनि हालतमा फिर्ता नलिने बताइरहेका छन् । उनले वर्तमान सभापति देउवाले आफूलाई सभापतिमा सर्मथन गर्ने दाबी समेत गर्दै आइरहेका छन् ।

निधी नजिक श्रोत भन्यो, १३ औं महाधिवेशनमा नै पार्टी सभापति देउवाले १४ औं महाधिवेशनमा निधीलाई सभापति दिने सहमती भएको जनाएको छ । सभापतिले इमान्दारसाथ निधीलाई सहयोग गर्नुपर्छ । श्रोतले दाबी जे गरे पनि, यसको कुनै प्रमाण भने कतै छैन ।

यदी विमलेन्द्र निधी उम्मेदवार बनेमा, अहिलेको पार्टी भित्रको आन्तरिक समिकरण परिवर्तन हुने देखिन्छ । समिकरण नयाँ हुन्छ । सभापति देउवा एक कार्यकाल आफू नै सभापति बन्ने पक्कापक्की हुने गरी नयाँ समिकरण बन्नेछ । देउवाले गृहकार्यका लागि आफू निकट नेताहरु परिचालन गरिसकेको एक श्रोतले आजभोलिलाई जानकारी दियो ।

निधी भने आफ्नो उम्मेद्वारी दाबी घोषणा गरे पनि टिम भने देखिदैन । उनीहरु अहिलेसम्म एक्लै छन् । उनी पार्टी सभापति र वरिष्ठ नेता रामचन्द्र पोडेलको टिम ब्रेक गर्ने दाउमा रहेको देखिन्छ । जुन निकै चुनौतीपूर्ण रहेको छ ।

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !