बिहार चुनाव ‘कां बा’ : नीतीश की तेजस्वी ?

लोकू बराघरे

लोकू बराघरेको डिजिटल रिपोर्ट,

ऐजेन्सी । भारतको बिहारमा २४३ सिटको लागि विधान सभाको निर्वाचन २८ अक्टुबरबाट शुरु हुँदैछ । दोस्रो र तेस्रो चरणको चुनाव नोभेम्बर ३ र ७ मा हुनेछ । कोरोनाको संकटबीच हुन लागेका चुनावलाई भारतमा निकै महत्वको साथ हेरिएको छ । वर्तमान मुख्यमन्त्री नीतीश कुमारसँग विपक्षी दलहरुको महागठबन्धन चुनावी मैदानमा भिड्दै छ ।

निर्वाचनमा चार ओटा मूख्य गठबन्धन चुनावी मैदानमा रहेका छन् । एनडीए, महागठबन्धन, ग्राण्ड डमोक्र्याटिक फन्ट र प्रगतिशील लोकतान्त्रिक गठबन्धन मुख्य रहेका छन् ।

एनडीएमा गठबन्धनमा भारतीय जनता पार्टी (बीजेपी), जनता दल यूनाइटेड (जदयू) तथा वीआइ, हिन्दूस्तानी अवामा मोर्चासहितका पार्टीहरु एक ठाएामा उभिएका छन् । जसको नेर्ततव वर्तमान मुख्यमन्त्री नितीश कुमारले गरेका छन् । जदयूले १२२ सिटमा, बीपी १२१ सिटमा र बाँकी अरु साना दलले उम्मेद्वारी दिएका छन् ।

महागठबन्धनमा कांग्रेस, राष्ट्रीय जनता दल (राजद) तथा वामपन्थी पार्टीहरु एक ठाउँमा उभिएका छन् । जसको नेतृत्व तेजस्वी यादवले गरेका छन् । जसमा राजद ले १४४ सिटमा, कांग्रेसले ७० सिटमा र वामपन्थी पार्टीहरुको तर्फबाट २९ सिटमा उम्मेदवारी दिएका छ ।

महागठबन्धनले रोजगारी मुख्य मुद्दा बनाएको छ । तेजस्वीले आफू मुख्यमन्त्री भएमा १० लाख युवालाई रोजगारी दिने घोषणा गरेका छन् । साथै कृषि सम्बन्धि कानुन खारेजी र सुशासनको मुख्य मुद्दा बनाएको छ ।

बिजेपीले अपत्यारिलो बिहारभरी निःशुल्क खोप लगाउने र १९ लाखलाई रोजगारी दिने संकल्प पत्रमा जनाएको छ । जसको निकै अलोचना पनि भइरहेको छ ।

सन् २०१५ भन्दा अहिले महागठबन्धनमा चुनावी लहर बढेको छ । तेजस्वी यादवका आमसभामा लाखौको भिड लाग्ने गरेको छ । तर यो पटक प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहका सभामा भने कम उत्साह र कम उपस्थिति रहेका एनडीटिभीले जनाएको छ ।

भारतका संचार माध्यमले गरेका पोल तथा चुनावी सर्वेक्षणले भने नीतिश कुमार फरि पनि सत्तमा आउने देखाइ रहेका छन् । तर यस पटक महगठबन्धन पनि निकै प्रतिस्पर्धामा देखिन्छ । तेजस्वी यादवले युवामा आशा र भारोसा जगाउन सफल भएका छन् । उनी चुनावी सभामा निकै खुशी र आशावादी देखिन्छन् । र, नीतीश कुमारमाथि तिखो हमला गरिरहेका छन् ।

Photo:bbc.com/hindi

 

  • १० कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !