कांग्रेस महाधिवेशन अनिश्चित बन्दै

लोकू बाराघरे

लोकू बाराघरेको डिजिटल रिपोर्ट,

कामठमाडौं । फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चितता तर्फ धकेलिएको छ । कोरोना भाइरसको कारण सबै स्थानीयका कायक्रमहरु सम्पन्न हुन सकिरहेका छैन् । कोरोनलाई दोष लगाए पनि पार्टी नेतृत्व नै अनइच्छुक भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाउँदै आइरहेका छन् । तर पार्टी सभापति शेर बहादुर देउवा पक्षधरहरुले भने संकटको महाधिवशेनमा जान कठिन रहेको दाबी गर्दै आइक्ष्रहेका छन् ।

पार्टीको उच्च श्रोतका अनुसार लगभग दुइ दर्जन जति जिल्लामा पार्टी एकिकरण हुन बाँकी छ । केही जिल्ला बाहेक अधिकांश जिल्ला कांग्रेसको सक्रिय सदस्यता वितरण तथा नबिकरण रोकिएको छ । जसको कारण वडा तथा गाउँ तथा नगर अधिवेशन समयमै हुनेमा शंका गरिएको छ ।

क्षेत्रीय, जिल्ला, प्रदेश तथा केन्द्रीय महाधिवेशन पनि प्रभावित हुने निश्श्चिित छ । पार्टी सभापति शेर बहादुर देउवा निकट नेताहरुले सार्वजनिक रुपमै महाधिवेशनमा समय हुन नसक्ने बताउँदै आइरहेका छन् । जसले महाधिवेशन फागुन नहुनेमा शंका बढ्दै आइरहेको छ ।

पार्टी सभापति दउवाले एकलौटी पार्टी केन्द्रीय विभाग गठन गरेपछि भित्रको विवदा चरम चुलिएको छ । वरिष्ठ नेता रामचन्दै पौडेल पक्षले भने विभाग बहिस्कार गरेका छन् । तर पार्टी सभापति बिरुद्ध कडा आन्दोलनको तयारीमा रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कमिटिले फागुनमा महाधिवेशन गर्ने भनिए पनि कुनै तदारुकता देखाएको छैन । र, न कुनै प्रभावकारी संयन्त्र नै बनाएको छ । केन्द्रीय कमिटिको बैठकमा पौडेल पक्षधरहरुले असहमती राख्दै आइरहेका छन्

पार्टीका भातृ संगठन तथा पार्टी भित्रै पनि अन्यौलता छ । संगठन भित्र विवाद छ । जसले गर्दा पार्टीलाई अन्योलमा धकेलेको छ । र, पार्टीका सबै कार्यक्रमहरु प्रभावित हुँदै आइरहेका छन् ।

File photo

 

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !