अमेरिकाको सर्वोच्च अदालतको नयायाधिशमा एमी कोनीको सपथग्रह

आजभोलि

अमेरिका । अमेरिकको सर्वोच्च अदालतको न्यायाधिशमा सिफारिस गरिएकी एमी कोनी ब्यारेटले सपथग्रहण गरेकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमी कोनी ब्यारेटलाई मनोनयन गरेका थिए ।

सिनेटमा आज भएको मतदानमा ५२ मतले ब्यारेटको मनोनयन सदर भएसँग उनले संवैधानिक सपथग्रहण गरेकी हुन् । विपक्षमा ४८ मत खसेको थियो ।

सपथग्रहण समारोहमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्यारेटको बौद्धिकताको समेत प्रशंसा गर्दै आजको दिनअमेरिकाका लागि महत्वपूर्ण भएको बताएका छन् ।

एमीले अब न्यायिक सपथ लिने छिन् ।

न्यायाधिस रुथ बेडर गिन्सबर्गको निधनपछि रिक्त स्थानमा ब्यारेटको नाम सिफारिस गरिएको थियो । अब अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधिसको भारी बहुमत भएको छ ।

ब्यारेट यस अगाडि पुनरावेदन अदालतमा रहेकी थिइन् । उनको नियुक्तीपछि सर्वोच्चमा रिपब्लिकन नियुक्त न्यायाधिसको संख्या ६ र डेमोक्र्याट्स नियुक्त न्यायाधिसको संख्या ३ भएको छ ।

४८ बर्षकी ब्यारेटलाई सेभेन्थ सर्किट कोर्टमा डोनाल्ड ट्रम्पले नै सिफारिस गरेका थिए । पुनरावेदनमा सन् २०१७ को अक्टोबर ३१ मा उनको नियुक्ती सिनेटले पारित गरेको थियो ।

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !