बुटवल । कोरोना संक्रमणबाट आज दुईजनाको मृत्यु भएको छ ।
बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राती र बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको जनाएका छन् ।
स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि महिलालाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो ।
मृतक पुरुष भने कार्तिक ७ गते अस्पताल भर्ना भएका थिए। उनलाई ७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो।