आमालाई उभ्याई, आफू बसेर टिका थापेको भन्दै सामाजिक संजालमा राष्ट्रपति भण्डारीको आलोचना

आजभोलि

काठमाडौं । राष्ट्रपति विद्या देवी भणडारीले दशैको टिका थाप्दा आफू कुर्सीमा बसेर आमालाई उभ्याएर ग्रहण गरेको भन्दै आलोचना भएको छ । सामाजिक संजालमा उनको टिका लगाउने विधीको आलोचना भइरहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू उभिएर आमालाई कुर्सीमा राखेको टिका थापेको फोटो राष्ट्रपतिको टिका ग्रहण गरेको फोटो सँगै राखेर आलोचना भइरहेको छ । दुबै फोटालाइै सामाजिक संजाल प्रयोगकर्ताले दाजेर शेयर गरिरहेका छन् ।

फेसबुमा जयनन्द नारायण स्वर्णसत्र उपाध्याय लेख्नुहुन्छ, फरक छुट्टयाउनु होस ।आमा बुबा ठूलो की कुर्सी ठुलो गणतंत्र र राजतंत्र को भिन्नता । त्यस्तै, मृदुला कोइराला लेख्नु हुन्छ, संस्कार ।।।। दुबैले आमा बाट टिका लाउदै !

https://www.facebook.com/mridula.koirala/posts/10157205978116595

ट्वीटरमा जयन्तनाथ खनालले राष्ट्रपति भण्डारी र पूर्वराजा शाह दुबै आमाबाट टिाका थापेको फोटो पोष्ट गर्दै भनेका छन, वर्तमान राष्ट्रपति तथा तत्कालीन राजा आफ्ना आमासङ दशैको टीका ग्रहण गर्दाको दुई दृश्य ! टिप्पणी-आआफ्नो संस्कार हो!

 

यस्तै फेसबुक र ट्वीटर प्रयोगकर्ताले दुबै फोटासँग राखेर शेयर गरिरहेका छन् । दुबै फोटा सामाजिक संजालमा भाइरल भइरहो छन् ।

गतवर्ष प्रधानमन्त्री खड्ग प्रसाद ओलीले आफ्ना बुवाबाट टिका ग्रहण गरेको फोटोमा पनि आलेचना भएको थियो । दुइ वर्ष अघि राष्ट्रपति विद्या देवी भण्डारीसँग तत्कालिन प्रधानन्याधिश गोपाल प्रसाद पराजुलीसहितले भूइमा घुडा टेकेर दशैको टिका थापेको फोटो पनि भाइरल भएको थियो । टिका लगाउने विधीको पनि ठूलो आलोचना भएको थियो ।

दशैमा ठूलाबडाबाट टिका थाप्ने चलन छ । टिका थाप्दा टिका लगाइ दिने भन्दा लगाउने निहुरिने र शिर झुकाएर टिका ग्रहण गर्ने चलन रहेको संस्कृतविदहरुले बताएका छन् ।

फोटो :सामाजिक संजालबाट

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !