उखुबारीमा आगलागी, ठूलो क्षति

आजभोलि

कापिलवस्तु । कमलेश चन्द्र गुप्ता कपिलवस्तु कपिलवस्तुमा उखुको खेतमा आगलागी भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा मंगलवार दिउसो करीब ३ बजे आगलागी भएको हो ।

दिउसो ३ बजे लागेको आगो करीब साढ़े ४ बजे नियन्त्रणमा आएको छ । कम्पाइनबाट कटिएको धानको पराल जलाउने क्रममा सल्कीएको हो । आगलागीबाट करीब २५ कठ्ठा उखु र १५ धुर धान जलेर नष्ट भएका छन् भने करिब २ लाख ५० बराबरको क्षती भएको अनुमान गरिएको छ ।

आगलागीबाट दरबारी यादव, मोबिन मुसलमान, बनाहै कोरी, किशोर यादवको उखु र निब्बर यादवको धानबाली जलेको प्रहरीले बताए ।

आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगोलाई कृष्णनगर नगरपालिकाको दमकल र स्थानियले स्थानीय स्रोत साधनबाट आगो नियन्त्रणमा लिएको स्थानिय निवासी रामफेर गुप्ताले जानकारी दिए

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !