सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !

आजभोलि

काठमाडौं । राजनीतिज्ञ तथा पूर्वसांसद सरिता गिरीले मधेश भिन्ने राष्ट्र भएको दाबी गरेकी छन् । उनले आफ्नो फेसबुकवालमा लेखेकी छन्, मधेश अलग राष्ट्र हो । हाम्रो राष्ट्रियताको आधार भने सन् १८१६ सन्धी हो । उनले सुगौली सन्धीको जिकीर गर्दै मधेश भिन्नै राष्ट्र थियो भन्ने आशयको फेसबुक स्टाटस राखेकी छन् ।

सन १८१६ मा नेपाल सरकार र इष्ट इण्डिया कम्पनिबीच सुगौलीमा सन्धी भएको थियो । जसलाई सुगौली सन्धी भनेर चिनिन्छ । त्यही सन्धीको आधारमा अहिलेको नयाँ सिमाना कायम भएको थियो ।
उनले अर्को स्टासमा लेखेकीछन्, मैले जबदेखि थाहा पाए १८१६ को सन्धीलाई आधार बनाएर कामगर्न थालेकी छु । उनले काठमाडौंका प्रमुख मिडियाले आफ्नो समाचार नछाप्ने गरेको अरोप समेत लगाएकी छन् । अलग मधेश राष्ट्रको लागि आफू सामाजिक संजालको प्रयोग गर्ने पनि बताएकी छन् ।

उनले नेपालको नयाँ नक्सा पारित गर्ने बेला संसदमा बिरोध जनाएकी थिइन् । सोही कारणले उनलाई जनता समाजवादी पार्टीले संसद र पार्टी दुबैबाटा कारबाही गरिएको थियो । अहिले उनी कुने पनि दलसँग आबद्ध छैनन् ।

नयाँ नक्साको बिरोध गरेपछि उनको ठूलो अलोचना भएको थियो । केही समूहले उनको घरमा तोडफोड समेत गरेका थिए ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !