काठमाडौं । युवा पुस्तामाँझ निकै लोकप्रिय रहेको सामाजिक सञ्जाल इन्स्टाग्रामले लाइभ गर्ने नयाँ सुविधा थप गरेको छ । उक्त सुविधा अनुसार लगातार चार घण्टासम्म लाइभ गर्न सकिने कम्पनीले जनाएको छ ।
लाइभ गरेका भिडियो आर्काइभ राख्न सकिने सुविधान पनि हुने जनाएको छ । आवश्यता अनुसार भिडियो हेर्न र फेरि प्रशारण पनि गर्न सकिने छ ।
सँगै भिडियो डाउनलोड गर्न सकिने छ । तर यो सुविधा कहिलेदेखि लागू हुनेमा भने मिति तय गरिएको छैन । तर कम्पनीले चाडै प्रयोगकर्ता सामु सुविधा ल्याउने जनाएको छ ।
फोटो लागि निकै रुचाइएको इन्स्टाग्राम अब भिडियोको क्वालिटी पनि उच्च रहने जनाएको छ । र, युवाको आर्कषण बढ्नेमा विश्वास रहेको जनाएको छ ।