रिपब्लिकन सिनेटर ट्वीटर, फेसबुक तथा गुगलसँग आक्रोसितः तीनै कम्पनीका प्रमुखसँग बयान लिने

आजभोलि

एजेन्सी । संयुक्त राज्य अमेरिकाको माथिल्लो सदन सिनेटका रिपब्लिकन पार्टी केही सिनेटरहरुले ट्वीटर, फेसबुक र गुगल कम्पनीका प्रमुखसँग बयान लिने बताएका छन् । उनीहरु यी कम्पनीले राष्ट्रपति डोनाल्ड ट्रम्पका स्टाटस, ट्वीट तथा भिडियो हटाएकोमा आक्रोसित भएका हुन् । उनीहरुले यी तिनै कम्पनीले पूर्वाग्रही व्यवहार प्रर्दशन गरेको जनाएका छन् ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डर्सी, फेसबुकका मार्क जुकरबर्ग र गूगलका सुन्दर पिचाईलाई सिनेटको व्यापार समितिले बयानका लागि समितिको बैठकमा डाकेको छ । तर उनीहरुले उपस्थित हुन नमानेको जनाइएको छ ।

तीनै जनाले उपस्थितिका लागि आउने नमानेपछि उनीहरुले अदालतबाट आदेश पूर्जी जारी गर्ने धम्की दिएपछि तीनै जनाले भर्चुअल बैठकमा उपस्थित हुने सहमती जनाएका हुन ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा यी कम्पनीहरुले डेमोक्रेटिक पार्टीलाई सहयोग गरेको र रिपब्लिन पार्टीप्रति पूर्वाग्रही बनेको आरोप लाग्दै आएको छ ।

विगतदेखि अमेरिकी राष्ट्रपतिको चुनावअघि राष्ट्रपति ट्रम्प र उनका समर्थकका विवादास्पद एवं झुठा सामग्रीलाई फेसबुक, ट्वीटर र गूगलले हटाउने, रोक्ने वा सेन्सर गर्दै आइरहेका छन् । यसलाई रिपब्लिकनहरुले पूर्वाग्रहको संज्ञा दिदै बिरोध गर्दै आइरहेका छन् ।

 

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !