अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी

आजभोलि

सुनकुडा । स्थानीयले बित्थडचिर गाउँपालिकामा तालाबन्दी गरेका छन् । स्थानीय बासिन्दाले सुनकुडा माध्यमिक विद्यालयको व्यवस्थापन समिति अबैधनिक हुँदा पनि केही पहल नगरेको भन्दै तालबन्दी गरेको बिष्णु प्रसाद अवस्थीले जनाए ।

बित्थडचिर गाउँपालिका अध्यक्ष प्रेम बोहराले भने, हामीले पहल गरेका हौ । विद्यालय प्रशासन र उजुरीकर्ता दुबैलाई सहमतीको लागि पत्र काटेको थियौ । तर, विद्यालय प्रशासनबाट कोही पनि नआएको बताए ।

अभिभावकले आजै सुनकुडा माध्यमिक विद्यालयमा पनि तालाबन्दी गरेका छन् । अबैधािनक विद्यालय व्यवस्थापन समितिको खारेजी गर्नुपर्ने तथा शिक्षक लाइसेन्स नभएकाहरुलाई शिक्षकबाट हाटाउनु पर्ने र अंग्रेजी शिक्षकको विज्ञापन खारेज गर्नु पर्ने लगायतका मागहरु रहेका जनाइएको छ ।

यही कार्तिक १८ गते अंग्रेजी शिक्षक पदको परिक्षा तोकिएको छ । अधिकांश उम्मेद्वारको लाइसेन्स नभए पनि विद्यालय प्रशासनले मिलेमतोमा दरखास्त बुझेको आरोप लगाएका छन् ।

अबैधानिक विद्यालय व्यवस्थापन समिति हुँदाहुँदै पनि विद्यालयका नीतिगत निर्णय गर्दै अघि बढेकाले बाध्यतात्मक रुपमा ताला लगाएको हरिशचन्द्र जोशीले बताए । उनले भने हामीले दुइहप्ता अघि विद्यालय र गाउँपालिका कारबाहीका लागि निवेदन दिएका थियो । तर कतैबाट पनि सुनुवाई भएन । अन्तिम बिकल्पको रुपमा तालाबन्दी गरेका हौ ।

सुनकुडा माध्यमिक विद्यालयमा शिक्षक भर्ना अनियमिता गरिएको ठूल्ठूला ठेक्का बिना प्रतिस्पर्धा आफन्तलाई दिएको र लाइसेन्स नभएकालाई शिक्षकमा नियुक्ति गरेको भन्दै स्थानीयले लामो समयदेखि बिरोध गर्दै आइरहेका छन् । कम्प्युटर खरिदमा अनियमिता भएको विद्यालय भवन निर्माण गर्दा इट्टा खरिदमा पनि अनियमितता भएको लगायतका आरोपहरु लागाइएका छन् ।

तर विद्यालय प्रशान भने यी सबै आरोप झूठा भएको भन्दै आइरहेको छ । विद्यालय प्रशासनले कुनै पनि पहल नगरेका अभिभावको गुनासो रहेको छ ।

 

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !