कृषि व्यवसाय पनि कोरोना चपेटामाः कृषिमा युवाको सहभागिता बढ्दै

प्रवीण भट्टराइ

प्रवीण भट्टराइको स्थालगत रिपोर्ट

वि. स.२०७६ साल चैत्र महिनादेखि कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि देशव्यापी रुपमा लकडाउन शुरु भएको हो । विश्वव्यापीरुपमा फैलिएको कोरनाभाइरसका कारण प्रायः सबै मानिसहरु सामाजिकरुपमा टाढिदै गएका छन् ।

उनीहरु संलग्न पेशा व्यवसायहरु पनि सँकटग्रस्त छन् । लकडाउनको अवधिमा उनीहरुले आफ्ना नियमित व्यवसायीक कृयाकलापहरु चुस्त ढँगले गर्न पाएका छैन् । उनीहरु सबै कोरोना्भाइरसबाट बच्न घर परिसर भित्र नै बस्न बाध्य छन् । यस अवधिमा मानिसहरुको बढी भिडभाड हुने बसपार्क, सिनेमाहल, होटल तथा रेस्टुरा, पार्कहरु तथा अन्य सार्वजनिक स्थलहरु सुनसान छन् ।

राजधानीमा नै जोर बिजोर प्रणालीबाट दैनिक रुपमा सवारी साधनहरु संचालन भइरहेका छन् । शहरवासीहरुको आन्तरिक आवतजावत निकै नै पातलो भएको छ । बन्दाबन्दीकै कारणले उपभोक्ताहरुको वा ग्राहकहरुको सधै भिडभाँड हुने काठमाण्डौको बल्खु कृषि तरकारी तथा बजार परिसर पनि अचेल सुनसान छ ।

बजार परिसभित्र रहेका करिव ३५० बटा जति व्यापारिक पसलहरु तथा विक्रेताहरु सम्भावित ग्राहकहरुको प्रतिक्षामा विहानदेखि बेलुकासम्मै व्यग्र छन् । त्यहाँ भएका सबै विक्री स्टलहरुले पहिलेको जसरी खासै व्यवसाय गर्न सकिरहेका छैनन् । ग्राहकहरुको न्यून उपस्थितीले र्दा व्यापार धिमा भएको छ ।

शहरका अन्य पसलहरु तथा होटलहरु बन्द भएकाले सागसब्जीको बढी खपत हुनसकिरहेको छैन । लकडाउनको अवधिमा सामाजिक रुपमा मनाउने चार्ड, उत्सवहरु कम हुने हुँदा भोज भतेर पनि कम हुँदै गएका छन् । जहाँ नियमित रुपमा कृषिजन्य उपजहरुको खपत नियमित हुने गर्छ ।

बल्खु कृषि तरकारी तथा बजारको विक्री भवन पस्दा नपस्दै काभ्रेपलान्चोक पाँचखाल नगरपालिका-७ का माधव बोलखे (४२) को पलान्चोक भेजिटेबल सप्लार्यस प्रा. ली. मा मौसमी तरकारीहरुको खुद्रा तथा होलसेल विक्री गर्ने पसल छ ।

पसलमा टमाटर, काउली, मुला, फर्सी, भिन्डी, करेला तथा अन्य हरियोपरियो सागसब्जीहरु पाइन्छ । विगत ७ बर्ष अघिदेखि नियमित रुपमा मौसमी तरकारीकै व्यापार व्यवसाय गर्दै आएका उनको पसलमा नियमि ६० जना भन्दा बढी ग्राहकहरुले मुख्य तया होटल, पसल, घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य सामानहरु लैजान्छन् ।

विहान बेलुकाको समयमा भने उनी पसलमा बढी ब्यस्त रहन्छन् । उनलाई घर परिवारका अन्य सदस्यहरुले पनि सो व्यवसाय सन्चालन गर्न सहयोग गरिरहेका छन् । “म तरकारी बेचबिखन गर्ने पेशा व्यवसायबाट सन्तुष्ट छु” तरकारी व्यवसायी बोलखे भन्छन् ।

प्रायगरेर गोदावरी, पाँचखाल र बालाजु क्षेत्रबाट नीजि कृषकहरुको फार्महरु वा टनल हाउसहरुबाट खरिद गरी पसलमा बस्तु तथा सेवाको आपूर्ती गर्दछन् । यही कामलाई नै आफ्नो पेशा बनाउने र स्थानीय कृषकहरुलाई बाली उत्पादनमा वित्तीय लगानी गरी ती स्थानीय कृषकहरुकै टनल हाउस वा कृषि फार्महरुबाट मौसमी तरकारी बालीहरुको आपूर्ती गरी आफ्नो व्यापार व्यवसाय सन्चालन गर्ने उनको योजना छ ।

उक्त खुद्रा तथा होलसेल पसलबाट उनी दैनिक चालिस हजारसम्मको तरकारीहरु विक्री गर्छन् । लकडाउन सुरु हुने वित्तिकै केही बढी व्यापार व्यवसाय भएको भएता पनि लकडाउनको अन्य अवधीमा भने नियमित व्यापार राम्रो नभएको उनको अनुभव छ ।

लकडानको समयमा सागसब्जीहरु पसलसम्म ल्याउन मुस्किल भएको र कुनै पनि स्थानीय निकायले सो सम्बन्धमा सहजीकरण नगरेको उनले आजभोलिलाई बताए । उनी भन्छन् ‟कोरोना महामारी र त्यसपछिको बन्दाबन्दीका कारणले सागसब्जीको व्यापार व्यवसायमा कमी आएता पनि आउँदो चार्ड पर्व तिहार तथा छटको समयमा विभिन्न प्रकारका हरिया सागसब्जीहरु समयमा नै सबै उपभोक्ताहरुको घरघरमा सोही पसलबाट विक्री गरी पुर्र्याउने चाँजोपाँजो मिलाउँदै छु ″ ।

त्यस्तै सर्लाहीका श्री कृष्ण सिंह (२६) ए के भेजिटेवल सप्लायर्सका मालिक हुन् । उनको पसल पनि बल्खु कृषि तरकारी तथा बजार भवन भित्रै छ । उनले व्यवस्थापन बिषयमा प्लस टु सम्मको अध्ययन पूरा गरेका छन् । सो व्यापारिक स्टलबाट सिवी, बोडी, लौका, भिन्डी, करेला र बैगुन विक्री हुन्छ ।

उनी तरकारीको खुद्रा व्यापार गर्दछन् । चितवन, जनकपुर, सर्लाही जिल्लाबाट विक्री गर्ने तरकारी तथा सागसब्जीहरु सो पसलमा ल्याउने गर्दछन् । उनी भन्दछन् “लकडाउनले गर्दा नियमित व्यापार कम भएको छ र ग्राहकहरुको भिंड पसलहरुमा पहिलेको भन्दा कम छ । त्यसैले, बन्दाबन्दीको समयमा यो बजारमा सामाजिक दूरी पनि कायम भएको छ″।

व्यवसाय जुन रोजे पनि राम्रो सँग गर्नु पर्छ भन्ने उनको बुझाइ छ । तर अचेल व्यवसायिक केन्द्रमा ३५० को हाराहारीमा खुद्रा तथा होलसेल व्यापरीहरु रहेकाले प्रतिस्पर्धा भने धेरै हुने गरेको उनको भनाइ छ । त्यसैले पनि लकडानको अवधिमा भने उनले व्यापार व्यवासाय गरी तराई मधेसको घरमा नियमित पैसा पठाउन सकेका छैन् । भविष्यमा आफ्नै गाउँ घरमा गई आफ्नै खेतबारीमा कृषि कर्म गर्ने उनको योजना छ तर उनलाई बिदेश जान भने पटकै मन छैन ।

हाम्रो देश नेपाल कृषि प्रधान देश हो । देशका अधिकांश नागरिकहरु कृषि पेशामा संलग्न छन् । तर पनि कृषि पेशामा संलग्न हुने जनसंख्याकको अनुपात प्रत्येक बर्ष क्रमशः घट्दै गएको छ । युवा समूह विदेश पलायन हुनु, व्यापारिक तथा सेवा क्षेत्रमा रोजगारीको अवसर बढ्दै जानु, कृषि जन्य उपजहरुको बजारको क्षेत्र थोरै र निश्चित हुनु, कृषियोग्य जमिनको वितरण ठिक तरिकाले नहुनु वा सिचाइको व्यवस्था प्रभावकारी ढंगबाट हुननसक्नु, कृषिमा आश्रीत जनशक्ती कम हुँदै जानु नै देशमा कृषी उपजहरु कम हुनु वा पर्याप्त नहुनु हो ।

अधिकांश साना व्यवसायीहरु अप्ठयारोमा छन् । उनीहरुले गर्दै आएका कृषिसँग सम्बन्धी पेशा तथा व्यवसायहरु संकुचनमा छन् । र ती पेशाहरुमा संलग्न व्यवसायीहरु पनि जुन पेशाहरु कृषि उपजमा आधारित भएर सञ्चालित हुन्छन् ।

देशव्यापी रुपमा कोरोनाभाइरसको कारणले जारी गरिएको बन्दाबन्दीको असर उनीहरु संलग्न पेशा तथा व्यवसायमा पनि परेको छ । आजको दिनसम्ममा कोरोनाको कारणले ९ ८० जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन् ।

१,७६,५०० भन्दा ज्यादा मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् । भिँडभाँड हुने स्थानहरुबाट कोरोनाको प्रकोप हुने भएकाले सबै जनाले सामाजिक दूरी पालना गर्न चाहिरहेका छन् । त्यसैले पनि शहरका प्राय सबै हाटबजार तथा तरकारी बजारहरु सुनसान छन् । ती सार्वजनीक व्यापारिक केन्द्रहरुमा ग्राहकहरुको चहलपहल छैन ।

उनीहरुको क्रयशक्ती पनि घट्दै गएको छ । त्यसैले अधिकांश अर्धशिक्षित तथा शिक्षित युवाहरु पनि तरकारी बेचबिखन गर्ने पेशा व्यवसायमा संलग्न नहुने सम्भावना बढ्दै गएको छ । त्यसको प्रत्यक्ष असर कुल ग्राहस्थ उत्पादन र देशको समग्र अर्थतन्त्रमा पर्ने निश्चित छ । त्यसैगरी, कृषि उपजहरुमा प्रयोग हुने बिषादीजन्य औषधिहरुको प्रयोगले उपभोक्ताहरुले स्वस्थ्य र सफा कृषिजन्य उपजहरु खान नपाउने सम्भावना पनि बढ्दै गएको छ ।

समयमा नै सम्बन्धी सरोकारबाला पक्षहरुले देशका युवाशक्तीलाई कृषि कर्ममा संलग्न गराउनु पर्छ । र कृषि पेशासँग जोडीका अन्य साहायक पेशाहरुमा नेपाली युवाहरुको भविष्य छ भन्ने कुराको सुनिश्चिता गराउनु पर्छ । त्यस्तै, अर्ध व्यवसायिक तथा परम्परागत रुपमा कृषी पेशा अंगालदै आएका कृषकहरुलाई कृषिसम्बन्धी आधुनिकक तालिम दिनु पर्छ ।

कृषकहरुलाई सहज तरिकाले कृषि पेशा संचालनका लागि कर्जा प्रवाह पनि गराउनु पर्छ । र देशका ७ बटा सँघीय राज्यहरुमा भौगोलिक तथा वातवरण अनुकुलित स्थीतिको आधारमा कृषि पेशामा आधारीत साना तथा मझौला उद्योगहरु संचालनमा ल्याउनु पर्छ । त्यसका लागि कृषीजन्य जमिनको बाँडफाँड तथा सिचाइको व्यवस्था उपयुक्त ढंगले गर्नुपर्छ ।

यदी माथी उल्लेख गरिएका सुझावहरुको सम्बन्धित निकायले कार्यान्वयन गरेको खण्डमा शहरबासीहरुले मिठो र मसिनो खान पाउने छन् । देशमा युवा जनशक्तीको पूर्ण परिचालन हुनेछ । देश कृषि पेशाबाट नै आर्थिक रुपमा मजबुत हुनेछ ।

मुख्यरुपमा देशमा कृषि उपजहरुको उत्पादनमा उलेल्लेखीय वृद्धि हुनेछ । फलस्वरुप देशमा कोरोना, भुकम्प, बाढीपहिरो जस्ता अन्य जुन सुकै प्राकृतिक विपत्ती तथा प्रकोपहरु आउँदा पनि सम्पूर्ण देशबासीले सुरक्षित भएर हरियोपरियो वा पौष्टिक खानाहरु नै खान पाउने छन् । र कृषि पेशा तथा कृषि पेशासँग सम्बन्धित सबै पेशा व्यवसायमा संलग्न हुने सबैको आर्थिक तथा सामाजिक हैसियतमा सकारात्मक सुधार आएर आम नेपाली नागरिकहरुको सामाजिक दूरीमा भने पक्कै कमी हुनेछ ।

भट्टराईले युवा, रोजगार तथा आर्थिक क्षेत्रमा कलम चलाउँदै आइरहनु भएको छ ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !