भारतमा कोरोना संक्रमण दर घट्दै, पछिल्लो २४ घण्टामा ३२ हजारमा संक्रमण

आजभोलि

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ६० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाईरस संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ५९ हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ३ करोड ६० लाख ५२ हजार ७३ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ८ हजार भन्दाबढीमा संक्रमण भएको छ भने ७ हजार भन्दाबढीको मृत्यु भएको छ । यससँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ६९ हजार १२० पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ५ करोड १२ लाख ३९ हजार ३३० पुगेको छ ।

संक्रमितमध्ये १ करोड ३९ लाख १८ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ९३ हजार ६ सय भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ कारोड ४ लाख २१ हजार ९ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।

संक्रमितमध्ये दुई लाख ४४ हजार ४ सय बढीको मृत्यु भएको छ भने ६५ लाख ५२ हजार भन्दा बढी निको भएका छन् । त्यसैगरी, भारतमा हालसम्म ८५ लाख ९१ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २७ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७९ लाख ५७ हजार बढी निको भइसकेका छन् ।

पछिल्लो केही दिनयता भारतमा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ३२ हजार २११ जनामा संक्रमण पुष्टि भएको छ भने ४५१ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५६ लाख ७५ हजार नाघेको छ भने १ लाख ६२ हजार ६३८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५० लाख ६४ हजार भन्दा बढी निको भएका छन् ।

 

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !