अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्री बर्खास्त

आजभोलि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट हटाएका छन् । उनले ट्विटर मार्फत् एकजना उच्च अधिकारीलाई पदबाट बर्खास्त गरिएको घोषणा गरेका हुन् । नेशनल काउन्टर टेररीजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ ।

पछिल्ला केही हप्ताहरूमा ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो । अमेरिकामा डेमोक्रेटिक दलका उम्मेदवार जो बाइडन राष्ट्रपति निर्वाचित भइसकेको भएपनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन् र उनले नतिजालाई अदालतमा चुनौती दिने वाचा गर्दै आएका छन् । अमेरिकामा आगामी जनवरी २० मा बाइडनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउने छन् ।

ट्रम्पले पछिल्लो घोषणा गरेको केही बेरमै मीलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको थियो । केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिएका थिए ।

एकजना अश्वेत पुरुष जोर्ज फ्लोइडको प्रहरीद्वारा गरिएको हत्याको विरोधमा भएका प्रदर्शनहरूको अन्त्य गर्नका लागि सेना प्रयोग गर्ने धम्की ट्रम्पले दिएका थिए । गत जुन महिनामा पूर्व सैन्य अधिकारी समेत रहेका एस्परले सेनाको प्रयोग आवश्यक नरहेको बताएका थिए ।

उक्त टिप्पणीबाट ह्वाइट हाउस चिढिएको बताइएको छ । उक्त टकराबका कारण राष्ट्रपतिले रक्षामन्त्री हटाउने आङ्कलन गरिएको थियो । तर सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)प्रति राष्ट्रपतिको व्यवहारका विषयमा पनि एस्पर र ट्रम्पबीच फरक मत थियो । गत हप्ता मीलीटेरी टाइम्ससँगको अन्तर्वार्ताका क्रममा एस्परले ह्वाइट हाउससँग कठिन सम्बन्ध भए पनि राजीनामा दिनु सही काम नहुने आफ्नो विश्वास रहेको बताएका थिए । ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा कैयौँ अधिकारी र सल्लाहकारहरूलाई प्राय ट्विटरबाट सूचना सार्वजनिक गर्दै निष्कासित गरेका छन्।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !