संगीतकार तथा गायीका अस्मि रिसालको तिहारको नयाँ गीत “देउसीरे ” सार्वजनिक भएको छ ।
कर्ण चापागाईको शब्द रचनामा संगीतकार सुरेश अधिकारीको संगीत रहेको उक्त गीतमा अभिनेत्री सुरबिना कार्की र अभिनेता नरेन खड्का र गायीका अस्मि रिसाल र दिपिका थापाको अभिनय रहेको छ।
गीतमा सौरब लामाको सिनेमाटोग्राफी रहेको छ भने मित्र गुरुङको सम्पादन रहेको छ। निर्देशक रामजी लामिछानेको कोरियोग्राफ तथा निर्देशनमा तयार भएको गीतलाई ओ एस आर डिजिटलको आफिसिएल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।