बिहीबार सचिवालयको बैठक बोलाउन नेकपाका बहुमत सचिवालय सदस्यको प्रस्ताव

आजभोलि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका ५ सचिवालय सदस्यहरुले आगामी २७ गते बिहीवार पार्टी सचिवालयको बैठक बोलाउन प्रस्ताव गरेको छ । प्रचण्डले मंगलवार अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गर्दै कार्तिक २७ गते सचिवालय बैठक बस्न प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओलीसँगको भेट लगत्तै पार्टी कार्यालय धुम्वाराहीमा बसेको प्रचण्डसहितका बहुमत सचिवालय सदस्यको बैठकमा प्रचण्डले आफूले कार्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गरेको तर ओलीले कुनै जवाफ नदिएको बताउनुभएको सचिवालय सदस्य एवं नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले २७ गते सचिवालय बैठक बस्नेमा विश्वस्त रहेको उनले बताए । पार्टी सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले सचिवालय बैठकमार्फत नै सवै समस्या समाधान गर्नुपर्नेमा जोड समेत दिएको श्रेष्ठले बताए ।

गत २२ गते सचिवालयका ५ सदस्य अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई भेटेर लिखित रुपमा नै सचिवालय बैठक बोलाउन ध्यानाकर्षण गराएका थिए ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !