विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड १८ लाख नाघ्यो

आजभोलि

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये १२ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ९ हजार १ सय भन्दाबढीको मृत्यको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १२ लाख ७९ हजार १ सय ५९ पुगेको छ । यस्तै पछिल्लो २४घण्टामा ५ लाख ४२ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड १८ लाख २ हजार ७ सय ६७ पुगेको छ ।

कोरोना भाईरस संक्रमितमध्ये विश्वभर हालसम्म ३ करोड ६३ लाख ९० हजार ९०९ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ३ लाख २२ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये १ करोड ४१ लाख ३३ हजार भन्दाबढी सक्रिय संक्रमितकोे विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ९४ हजार ९ सय भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ कारोड ५ लाख ५९ हजार १८४ जना कोरोना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ४५ हजार ७ सय बढीको मृत्यु भएको छ भने ६६ लाख १ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ८६ लाख ३५ हजार ७ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २७ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८० लाख ११ हजार बढी निको भइसकेका छन् । यसैगरी, पछिल्लो केही दिन यता भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ भने थप ५११ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५७ लाख १ हजार नाघेको छ भने १ लाख ६२ हजार ८४२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५० लाख ६४ हजार भन्दा बढी निको भएका छन् ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !