प्रधानमन्त्री र अध्यक्ष छोड्दिनः तागत भए हटाउन प्रधानमन्त्रीको चुनौती

आजभोलि

काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली आफूले पूरै कार्यकाल प्रधानमन्त्री चलाउने जनाएका छन् । उनले आफू जनताबाट निर्वाचित भएकाले प्रधानमन्त्री पद छोड्नु जरुरी नभएको बताएका छन् । अरुण तेस्रो जलबिद्युत परियोजनाको अनुगमनपछि उनले यस्तो बताएका हुने ।

उनले आफूले नेकपाको अध्यक्ष पद पनि नछोड्ने जनाएका छन् । उनले घुमाउरो ढंगमा अर्का अध्यक्ष प्रचण्ड लक्षित गर्दै भने पार्टी भित्र विभिन्न खेलहरु भइरहेका छन् । यसकारण आफू सबै बिरुद्ध लड्ने बताए । उनले भने सके हटाए हुन्छ ।

उनले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजना सम्पन्न भएपछि मुलुकको समृद्धिमा सहयोग पुग्ने जनाए ।

उनले भने उत्तर–दक्षिण कोसी राजमार्गले चीन, भारत र नेपाललाई त्रिदेशीय तथा अन्तरदेशीय व्यापारसँग जोड्ने बताए । सडक सञ्चालनपछि नेपालले आर्थिक क्षेत्रमा गति लिने उहाँको भनाइ थियो । कार्यक्रममा संखुवासभाका स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पालिकाको विकास निर्माणका लागि मागपत्र बुझाएका थिए ।

त्यसअघि, प्रधानमन्त्री ओलीले किमाथांका नाका, बोर्डर आउट पोस्ट र निर्माणाधीन राजमार्गाको अवलोकन समेत गरेका थिए ।  उक्त कार्यक्रममन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई लगायतकाको सहभागी थियो ।

पहिलो अरुण तेस्रो शुरु हुँदा तत्कालिन नेकपाले विश्व बैंकलाई पत्र लेखेपछि स्थागित भएको थियोे ।

 

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !