पौराणिक पर्व तिहारको सामाजिक महत्व

पुष्पराज अधिकारी

बली राजा: अत्यन्त  दानी स्वभावका एक राजा कुनै समय पृथ्वीमा राज गर्दथे। हरेक दिन दान नगरी केही नखाने उनको बानी परेको थियो। यति धेरै दान गरी पुण्यप्राप्त गरेको प्रतापले स्वर्गलोक हल्लिन थालेपछि स्वर्गका देवताहरु आत्तिदै भगवान् बिष्णुकोमा प्रार्थना गर्न पुग्छन । र उहाले बलीलाइ पाताल पुराउने वचन दिन्छन।

तुरुन्त बिष्णु भगवान पृथ्वीलोकमा झरी बलीलाइ छल्दै भेष परिवर्तन गरि डल्ले बाउन्ने रुप धारण गररी बली राजासित ३ पाइला जमिन दानको निम्ति याचना गर्छन। सारै थोरै जमिन दान मागेकोले बली राजाले पनि केही नसोची तुरुन्त दान दिने संकल्प गर्छन।

बली राजाको संकल्प सकिनासाथ भगवान बिष्णु आफ्नो बिराट रुपमा प्रस्तुत हुनुभयो। एउटा पाइलाले सम्पूर्ण पृथ्वी, अर्को पाइलाले सम्पूर्ण आकाश ढाकेपछि अर्को पाइला राख्ने ठाउँ दिन नसकेर अन्योलमा परेपछि बली राजाले आफ्नै शिर थाप्छन। बिष्णु भगवानले उसको शिरमा टेकेपछि उ पातालमा पुग्ने निस्चित नै थियो ।

अनिपछि बर्षमा एक पटक तिहारको मौकामा पृथ्वी घुम्न आउन पाउनु पर्ने र दिदी बहिनी भेट्न आउन पाउनुपर्ने अनुमती माग्छन। आजपनि तिहारको दिनमा बली राजा आउने बिश्वास भएको र उसको स्वागतको लागि दीपहरु प्रज्वलन गर्ने गरिन्छ। बर्षमा एक पटक बली राजा आउँदा देउसी भैलो खेल्न सबैको घरमा जान नभ्याएकोले अरुहरुलाइ बली राजाले पठाएको भनी देउसी भैलो खेल्दा भट्टाउने हरुले भन्ने गरेका छ्न।

देउसी भैलोस् अयोध्याबासीहरुले राम आउने भन्ने थाहा पाएपछि खुशियाली मनाउन थाले। जनताहरुमा खुशीको कुनै सिमा रहदैन। घिउका दियोहरु बालेर हरेक बाटो, गल्ली सजाएर चम्किला बनाएर राखेका थिए। हर घर उज्याला बनाएका थिए।

गल्लीगल्लीमा समेत हाम्रा राम देवता हुन । देव श्री राम, देउसिरी राम हुँदै येहि शब्द देउसी भएको भन्ने एक खाले पौराणिक भनाइ पनि छ। यम पञ्चकस् सुर्याका छोरा यमराज आफ्नो ब्यस्त समयको बाबजुद पनि बहिनी यमुनाको निमन्त्रणा स्विकार्दै उनी बहिनीको घरमा रमाउदै बस्न पुग्छन। दाजु बहिनी खुशी साटासाट गरिरहेका हुन्छन।

बहिनीको घरमा रमाएको यो कार्तिक शुक्लपक्ष त्रयोदशीदेखि कार्तिक शुक्लपक्ष द्वितीय ति सम्मको यो पाँच दिनको समयलाई नै यम पञ्चक भनिएको हो। यमराज बहिनीको घरबाट खुशी साथ बसेर निस्केर जाने बेलामा बहिनीलाई जे मन लाग्छ वर मागू भनेपछि बहिनीले हरेक बर्ष आजैको दिन उनलाइ भेट्न आउनु पर्ने, हरेक दाजु बहिनीको माया सदा अटल रहनु पर्ने र दाजु भाइको आयु बृद्धि हुनु पर्ने वर मागेपछि मृत्यु देव यमराजले तथास्तु भनी वर दिएको र प्राचीन कालदेखि हालसम्म पनि यस अवसरमा दाजुभाइ आफ्नो महत्वपूर्ण काम समेत छाडी दिदीबहिनी भएको ठाउँमा टाढा( टाढा देखि भेट्न र खुशी साटासाट गर्न जाने चलन रहिआएको छ । यस दिन घर (घरमा बत्ती बाली उज्यालो पारी दिपप्रज्वलन गरेमा यमराज खुशी भइ हरेक घरका व्यक्तिलाइ दिर्घजीवन प्रदान गर्ने छ भन्ने एक खाले पौराणिक बिश्वास आजसम्म पनि रहिआएको छ।

भगवान बिष्णुले दानव हिरण्यकशिपुको बध गरेकोले घर घरमा दिप प्रज्वलन गरी रमाउने प्रचलन रहेको छ । समुन्द्र् मन्थनपछि यसैदिन भगवान लक्ष्मी र धन्वन्तरी प्रकट भएकोले लक्ष्मी आउने बिश्वासका साथ दिप प्रज्वलन गरिन्छ । साथै, धन्वन्तरी, धन्तेरस पुजा गरिन्छ।

किसान हरुले बर्ष दिन भरी मेहनत गरी पसिना बगाएर लक्ष्मी रुपी अन्नहरु यही समयमा भित्राइ सकेका हुन्छ्न। यो फुर्सद्को समयमा केही रमाइलो गर्छन र अन्य जीवहरुको समेत पूजा गर्छन। आफ्नो बलीको किरा खाने चराको रुपमा काग, खेतमा काम गर्न गएको बेलामा घर कुरिदिने कुकुर, पौष्टिक दूध खुवाउने आमा समानका गाइ, खेत जोत्नु सहयोग गर्ने गोरुलाइ समेत पुजा गर्ने र दाजु भाइ दिदी बहिनी भेला भएर आत्मियता साटासाट गर्ने प्रचलन हालसम्म पनि रहेको छ।

पौराणिक कथा जे रहे पनि यस्ता चाड्पर्व, हाम्रो सस्कृती हामीले जोगाउनु पर्दछ। देखापरेका कतिपय बिकृतीहरु हामी सबैले क्रमशः हटाउदै जानू पर्दछ। राम्रो संस्कृतिले हाम्रो सन्ततीहरुमा समेत भविश्यमा राम्रो बानीको विकास गर्दछ।

कीर्तिपुर,०२, काठमाडौ
२७ कात्तिक २०७७ बिहान ७:४५ बजे

[email protected]

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !