विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३० लाख नाघ्यो

आजभोलि

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ५ करोड ३० लाख नाघेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट शुक्रबारबिहानसम्ममा ५ करोड ३० लाख ८२ हजार ७४४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १२ लाख ९९ हजार २३० जनाको मृत्यु भएको छ भने ३ करोड ७२ लाख ९३ हजार बढी संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, संक्रमितमध्ये १ करोड ४५ लाख ७४ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ९५ हजार ६ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ कारोड ८ लाख ७३ हजार ९ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ४८ हजार ५ सय बढीको मृत्यु भएको छ भने ६७ लाख २८ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भारतमा हालसम्म ८७ लाख २७ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २८ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८१ लाख १३ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५७ लाख ८३ हजार नाघेको छ भने १ लाख ६४ हजार ३३२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५२ लाख ५६ हजार ७ सय भन्दा बढी निको भएका छन् ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !