काठमाडौं । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको उनी निकट श्रोतले जनाएको छ । उनलाई बिहीबार रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको छ ।
उनको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन् ।
उनको श्वासप्रश्वासमा सामान्य समस्या देखिएको छ । उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।