भारत-पाक सिमानामा तानाबः तीन जना भारतीय सैनिकको मृत्यु

आजभोलि

एजेन्सी । भारत र पाकिस्तानबीच फेरी सिमामा तनाब सिर्जना भएको छ । भारत पाकिस्तान सिमाना जम्मू-कश्मीर दोहोरो गोली हानाहान भएको छ । भारतीय सेनाले बताए अनुसार भारत नियन्त्रित रेखा पार गरेर पाकिस्तानले एकतर्फी युद्ध घोषणा गरेको जनाएको छ ।

भरातीय सेनाले जनाए अनुसार दोहोरो गोलाबारीमा कम्तिमा तीन जना भारतीय सैनिकको मृत्यु भएको जनाएको छ । साथै, तीनजना सुरक्षाकर्मी पनि घाइते भएको जनाएको छ ।र, चार जना पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरिएको छ ।

पाकिस्तानले पनि भारतीय सेनाले युद्धविराम उलंघन गरेको आरोप लगाएको छ । पाकिस्तानको स्टेट डिजास्टर म्यानेजमेन्ट अथोरेटि मुजफ्रवादले एक वक्तव्य जारी भरतीय सेनाले शुक्रवार नीलम झेलम बैली जिल्लामा सिजफायर उलंघन गरेको जनाएको छ ।

भारतीय सेनाको अनुसार पाकिस्तानले यो गोलाबारीमा मोर्टार तथा अन्य हतियारको प्रयोग गरेको जनाएको छ । र, पाकिस्तानले जानीजानी बस्तीलाई निशाना बनाएको भारतीय सैनिकको आरोप रहेको छ ।
भारतीय सेनाले पाकिस्तानी सेनाको संरचना धोस्त गरेको दाबी गरेको छ । तर यसको पुष्टि भने गरिएको छैन् ।

बिहानैदेखि उक्त क्षेत्र तनाब बढीरहेको छ । र, दिनभरी गोलाबारी भइरहेको बीबीसीले जनाएको छ । । तर त्यहाँको एकिन क्षतिको बारेमा पनि कतैबाट स्वतन्त्र रुपमा पुष्टि भएको छैन् । भारत र पाकिस्तान दुबैले फरक फरक दाबी गर्दै आइरहेका छन् ।

Photo: bbc.com/hindi

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !