अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला

आजभोलि

समाजमा अपाङ्ग व्यक्तीहरुको सक्रीय सहभागिताको लागि अपाङ्गमैत्री सार्वजनिक स्थलहरुको खाँचो छ । यो अवश्यकता पूरा गर्नका लागि समाबेशी ढंगको सामाजिक संरचना, नियम, कानुन र सामाजिक व्यवहारको आवश्यकता पर्दछ । जसका लागि सार्वजिक स्थल लगाएर सार्वजनिक स्कुल, कलेज, अस्पताल, आकाशे पुल, सिनेमाघर, बैक तथा वित्तिय संस्थान तथा निजी तथा सरकारी कार्यालयहरु अपाङ्गमैत्री हुनुपर्छ । र शारीरिक तथा बौद्धिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुको सामाजिक, राजनीतक, सांस्कृतिक र आर्थिक क्षेत्रमा समान पहुँच र हैसियत बनाउन सर्वसाधारण, राजनीतिज्ञ र नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ भन्दै गण्डकी मेडिकल कलेज, पोखरा, कास्कीमा विगत तीन बर्षदेखि प्राध्यापन गराइरहनु भएका उप-प्राध्यापक डा‍. शरद कोइरालासँग आजभोलिका लागि प्रवीण भट्टराइले सार्वजनिक स्थलमाअपाङ्गताको भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमाअवस्था तथा समस्याहरुको बारेमा गरिएको अन्तरवार्ताको सारांश ।

१. अपाङ्गतालाई कसरी बुझ्न सकिन्छ र सार्वजनिक स्थलहरुमा अपाङ्ग भएका व्यक्तिहरुको अवस्था कस्तो रहेको छ ?

सामान्यता, कुनै पनि व्यक्तिमा प्राकृतिक रुपमा हुने शारीरिक वा बौद्धिक क्षमतामा कमि हुनुलाई अपाङ्गता भनिन्छन् । अपाङ्ग व्यक्तिहरुमासँग व्यक्तिहरुमा भन्दा केही फरक क्षमताहरु हुन्छन् ।
उनीहरुमा फरक क्षमता भएकै कारणले सार्वजनिक स्थलहरुमा उनीहरुको विभिन्न विभिन्न आवश्यकता हुन्छन् । शहरका विभिन्न सार्वजनिक स्थानहरु बसपार्क, स्कुल, सडक, अस्पताल, बैंक, निजी तथा सरकारी भवन तथा कार्यालयमा उनीहरुलाई आवतजावतमा सहज छैन् । त्यसैले सार्वजनिक स्थानहरुमा हुने उनीहरुको अप्ठायरोलाई सजिलो बनाउन सम्पूर्ण सार्वजनिक स्थलहरुलाई अपाङ्गमैत्री बनाउन आवश्यक छ ।

२. सार्वजनिक स्थलहरुलाई अपाङ्गमैत्री बनाउन किन आवश्यक छ ?

अपाङ्गता भएका व्यक्तिहरु समाजकै हिस्सा हुन् । त्यसैले समाजमा भएका विभिन्न सुविधाहरु समान रुपमा उपभोग गर्न पाउनु उनीहरुको पनि अधिकार हो । त्यसैले, ती नैसर्गिक सुविधाहरु उपभोग गर्नका लागि ती सार्वजनिक स्थानहरु अपाङ्गमैत्री हुन आवश्यक छ । मेरै कुरा गर्ने हो भने पनि सार्वजनिक सडकमा आवत जावत गर्दा दोस्रो व्यक्तिको सहयोग लिएर मात्र म बाट काट्ने गर्छु ।

३. त्यसो भए, नेपालमा सार्वजनिक स्थलहरु कति अपाङ्गमैत्री रहेको छन् त ?

पछिल्लो समयमा सार्वजनिक स्थालहरुलाई अपाङ्गमैत्री बनाउने बहस र प्रयासहरु भएका छन् । तर ती पर्याप्त भने पक्कै छैनन् । कतिपय सार्वजनिक स्थानहरुमा अन्य व्यक्तिहरुले आपाङ्गता भएका व्यक्तिहरुलाई दुरुत्साहान गर्छन् । सडक पेटीमा दृष्टीविहिन व्यक्तिहरुलाई सेतो छडिको सहायताले हिंड्न सहज होस् भनेर छुट्ट्याइएको ट्क्टाएल संकेतहरु कतिपय अनुपयुक्त स्थानहरुमा बनाइएको छ । उपुयक्त स्थानहरुमा भएका ती संकेतहरुलाई पनि खुला छोड्नुको साटो सवारी साधन पार्किङ गर्न वा निर्माण सामाग्री थुपार्न प्रयोग गरिएको छ ।

सडक पेटीहरु अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने ह्वील चियर गुडाउन नमिल्ने गरी बनाइएका छन् । त्यसैले अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने वा गर्न सक्ने सार्वजनिक स्थानहरु विविध कारणहरुले अतिक्रमणमा परेका छन् । त्यस्तै, विभिन्न दलका चुनावी घोषणापत्रमा अपाङ्ग भएका व्यक्तिहरुको समस्यालाई उल्लेख गरेपनि सरकारी तवरबाट ती घोषित कार्यक्रमलाई कार्यान्वयन भने अझैसम्म पनि गरिएको छैन ।

४. नेपालका सार्वजनिक स्थलहरुमा अपाङ्ग व्यक्तिहरुको पहुँच बढाउन के कसले के गर्नुपर्छ त ?

अधिकांश सार्वजनिक स्थलहरु अपाङ्ता भएका व्यक्तिहरुको पहुँचभन्दा बाहिर छन् । ती सार्वजनिक स्थानहरुलाई अपाङ्गमैत्री बनाउन दुई कुरामा बिचार गर्नुपर्छ । पहिलो, भइरहेका सार्वजनिक स्थलहरुको स्तरोन्नती गरेर ती स्थलहरुलाई अपाङमैत्री बनाउनु पर्यो ।

दोस्रो, सार्वजनिक स्थानहरुमा नयाँ भौतिक संरचनाहरु बनाउँदा अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता समाधान हुने गरी कार्य गर्नु पर्यो । साथै, समुदायका अन्य व्यक्तिहरुले पनि सार्वजनिक स्थलमा अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ ।

५. तपाईको विचारमा अपाङ्ग भएका व्यक्तिलाई संघीय राज्य व्यवस्थामा राज्यको मुलप्रवाहमा कसरी ल्याउन सकिन्छ होला ?

शारीरिक तथा बौद्धिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुलाई राज्यका हरेक निकायमा समान सहभागिता गराउनुपर्छ । अपाङ्गता भएका व्यक्त्हिरुलाई उनीहरुको आफ्नो आवश्यकता र अवस्थाको बारेमा पूर्णज्ञान हुने भएकाले राष्ट्रीय तथा स्थानीयस्तरमा कुनै पनि सार्वजनीक जनसरोकारका मुद्धाहरुमा समावेशी ढंगले संलग्न गराउनुपर्छ । सातै ओटा संघीय प्रदेश सरकार र ७ सय ५३ ओटै स्थानीय पालिकाहरुले सो बारेमा आवश्यक कार्य थाल्नु पर्यो । ती सबै सरकारका स्थानीय निकायहरुले उनीहरुको हक अधिकार सुनिश्चित हुने गरी कार्य गर्नु पर्छ ।

६. सर्वसाधारण व्यक्तिले सार्वजनिक स्थलमा अपाङ्ग व्यक्तिहरुलाई के कसरी सहयोग गर्न सक्छन् ?

अपाङ्गता भएका व्यक्तिहरुले दैनिकरुपमा सार्वजनिक स्थलहरुमा विभिन्न समस्याहरु भोगीरहेका हुन्छन् । समाजमा भएका अन्यसँग व्यक्तिहरुको सानो सानो सहयोगले पनि उनीहरुको सार्वजनिक कार्यहरुमा ठूलो सहयोग पुग्ने भएकाले सबैले सार्वजनिक स्थानहरुमा भएका अपाङ्ग ब्यक्तिहरुलाई आवत जावतमा सहयोग गर्नुपर्छ । निजी तथा सार्वजनिक कार्यालय, स्कुल, कलेज, बैंक, अस्पताल, सिनेमाघर, आकाशे पुल आदीमा उनीहरुलाई सहजीकरण गरेमा ठूलो राहत पुग्छ ।

अहिलेको सुचना प्रविधको युगमा धेरै क्षेत्र तथा वर्गवाट कुनै न कुनै रुपमा अंपाङ्गता भएकालाई सहयोग त पुगेकै छ । समाजमा उनीहरुको समान पहुँच र योगदान बढाउन अपाङ्गता भएका व्यक्तिका लागि थप अन्य सामाजिक कार्यहरु गर्न आवश्यक छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !