कोरोनापछि निर्माण व्यवसाय संकटमाः बेखबर झैं छ, सरकार

प्रवीण भट्टराई

आजभोलिका लागि प्रवीण भट्टराईको स्थलगत रिपोर्ट,

ललितपुर । देशभित्र विभिन्न सन्दर्भमा आन्तरिक बसाइ सराइको गति द्रुत रुपमा बढीरहेको छ । गाउँघरका मानिसहरु विभिन्न कारणहरुले गर्दा शहरकेन्द्रित भएका छन् । त्यसैले, देशमा आन्तरिक बसाइ सराइ उच्च भएकै कारणले काठमाण्डौं उपत्यका पनि शहरीकरणको मारमा छ । त्यसैले शहरमा निजी तथा व्यवासायिक घर तथा भवन र अन्य भौतिक संरचनाहरु बनाउने होडबाजी नै चलेको छ ।
उपत्यकामा नागरिकहरुको उच्च चाप भएकै कारणले स्थानीय गाउँघरमा आफूसँग भएका पैत्रिक सम्पत्तीहरु वेचबिखन गर्दै शहरमा घर तथा व्यवासायिक भवनहरु बनाउन नागरिकहरुबीच तिब्र प्रतिस्पर्धा भइरहको छ । साथै, शहर आएपछि आफ्नै गाउँठाउँ नफर्कने चलनले पनि उपत्यका आसपासका क्षेत्रमा जग्गा जमिन किन्दै शहरबासीहरुको नयाँ निजी तथा व्यवसायिक भवनहरु तथा भौतिक संरचनाहरु बनाउने चलन अचेल ह्वात्तै बढेको छ ।

यसै सन्दर्भमा महालक्ष्मी नगरपालिका(४ इमाडोल, ललितपुर आसपासका क्षेत्रहरुमा विगत बीस बर्ष देखि नीजि घरहरु तथा व्यवसायीक भवनहरु निर्माणका लागि ए(वन सप्लायर्सले नियममित रुपमा बालुवा, ढुँङ्गा, रोडा, चिप्स, माटो, बाँस तथा अन्य निर्माण सामाग्रीहरु उपभोक्तालाई सर्वसुलभ मुल्यमा उपलब्ध गराउँदै आईरहेको छ ।

अर्जुन राउत (६०) बालुवा, ढुङ्गा, रोडा, चिप्स, माटो तथा अन्य निर्माण सामाग्रीहरु बिक्री गर्ने ललितपुर इमाडोल क्षेत्रका एक सफल व्यवसायी हुन् । उनी एवन सप्लायर्सका मालिक हुन् । उनी बिगत बीस बर्षदेखि उक्त व्यवसायिक कार्यमा संलग्न छन् । र उनी भन्छन्, म व्यवसायिक रुपमा सफल छु । र, मेरो यो २० बर्षे व्यवसायिक यात्रामा मैले धेरै नेपाली युवाहरुलाई रोजगारी दिएको छु ।

ए वन सप्लायर्सले निर्माण सामाग्री सम्बन्धी बालुवा, ढुँङ्गा, रोडा, चिप्स, माटो ग्राहकलाई उपलब्ध गराउँछ । उनले बिगत दुई बर्षदेखि भने यो सप्लायर्सलाई स्थानीय घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गराइ महालक्ष्मी नरगपालिका ४ इमाडोल, ललितपुरबाट सञ्चालनमा ल्याएका छन् । उक्त ए वन सप्लायर्समा अहिले ६ युवाहरुले नियमित रोगजगारी पाइरहेका छन् ।

उनीहरुको काम भनेको सवारी साधानहरुबाट उपभोक्ताको माग अनुसार विभिन्न स्थानीय ठाउँमा निर्माण सामाग्रीहरु पुर्याउनु हो । उनी भन्छन् इमाडोल, कलंकी, सातदोबाटो ठैब, गोदावरी क्षेत्रका घरायसी ग्राहकहरु तथा विभिन्न कन्स्ट्रक्सन साइटहरुमा निर्माण सम्बन्धी सामाग्रीहरु उपलब्ध गराइरहेका छौँ । उनी देशमा नै साना ठुला रोजगारीका अवसरहरु छन् । त्यसैले नेपाली युवाहरुलाई विदेश नजान सल्लाह दिन्छन् ।

उक्त ए वन सप्लायर्समा निर्माण सामाग्रीहरुतथा इँटा रौतहटबाट र बालुवा, रोडा र चिप्स भने मेलम्ची र बेल्खुबाट स्थानीय व्यवसायीहरु तथा क्रसर उद्योगबाट खरिद गरी ल्याइन्छ । र ती बस्तुको माग अनुसार उपभोक्तालाहरुलाई साइटबाट विभिन्न स्थानमा लगेर बिक्री गरिन्छ । ती निर्माण सामाग्रीहरुको मुल्य वर्षाको समयमा भने सामान्यतया महँगो पर्छ । तर फागुनदेखि चैत्रसम्म भने निर्माण सामाग्रीहरुको विक्री धेरै हुन्छ, उनी बताउँछन् । तर ती सबै निर्माण सामाग्रीहरु स्थानीय ठाउँबाट ल्याउँदा स्थानीय समूहलाई अतिरिक्त टिप्स दिनु पर्ने बाध्यता छ । साथै, ती निर्माण सामाग्रीहरु सधै रातीको समयमा ल्याउनु पर्ने हुँदा कामदारहरु र कर्मचारीहरुको कार्यस्थल जोखिम सधै उच्च हुने बताउँदै उनी भन्छन्, निर्माण सामाग्रीहरु उपलब्ध हुने स्थानीय तथा प्राकृतिक स्रोतहरु खोलाहरु तथा नदीहरुको दोहन हुने क्रमलाई भने रोक्नु पर्छ ।

निर्माण सामाग्रीहरुको बेचबिखन गर्ने व्यवसाय सञ्चालनका लागि बिहानदेखि बेलुकासम्मै उनी व्यस्त हुन्छ । विभिन्न ग्राहकहरुको माग अनुसार नै माटो, ढुँगा, बालुवा र इँटा आपूर्ति गर्नु उनको व्यवसायिक धर्म हो । अन्य निर्माण सामाग्री व्यवसायीहरु भन्दा सस्तोमा नै बस्तु तथा सेवा उपल्बध गराउँछु,उनी भन्छन् । यो व्यवसाय ग्राहकहरुको नेटवर्किङबाट चल्छ । र वि.स. २०७२ सालको भुकम्पपछि भने व्यवासायी सफलता अझै बढी भएको उनी भन्छन् ।

तर, कोरोना भाइरसको उच्च जोखिम र देशमा लगाइएको लकडाउनले गर्दा उनको निजी सप्लायर्स व्यवसाय पनि बन्द भयो । उक्त लकडाउनको अवधिमा कुनै पनि किसिमको व्यवसायिक कार्यहरु सहज रुपमा हुन सकेन् । यस स्वास्थ्य सम्बन्धीको संकटकालीन समयमा निर्माण सामाग्रीहरुको व्यवासयमा संलग्न हुने व्यवसायीहरु पनि संकटमा परे । सो लकडाउनको अवधिमा निर्माण सामाग्रीहरुको व्यापार व्यवसाय नभएको कारणले चाहिंदो मात्राको अर्थतन्त्र चलायमान हुन सकेन । त्यसैले उनी भन्छन्, त्यस्तो संकटकालीन अवस्थामा पनि यस्ता साना तथा मझौला व्यवसायलाई अझ व्यवस्थित गर्नुपर्छ ।

अन्त्यमा, निर्माण सामाग्रीहरु उपलब्ध गराउने व्यवसायले पनि देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको छ । त्यसैले यस पेशा व्यवसायमा संलग्न हुने व्यवसायीहरु, कामदारहरुको कार्य स्थल सुरक्षामा सरोकारबालाहरुले ध्यान दिनुपर्छ । साथै, यस्ता व्यवसायमा पूँजीको लगानी पनि उच्च हुने हुँदा यदी बैकिङ् कर्जाबाट यस्ता व्यवसायहरु सञ्चालन भए ती व्यवसायलाई कर्जा प्रवाह गर्दा कर्जा सम्बन्धी विभिन्न प्रकारका बैकिङ सुविधाहरु दिनुपर्छ ।

स्थानीय सरकारका प्रशासनिक इकाइहरुले पनि निर्माण सामाग्रीहरु प्राकृतिक स्रोतहरुबाट ल्याउँदा वा ल्यउनका लागि सहज वातावरण बनाउनु पर्छ । स्थानीय रुपमा विभिन्न स्थानीय समूहहरुले निर्माण व्यवसायीहरुबाट निर्माण सामाग्रीहरु साइटसम्म ल्याउँदा संकलन गर्ने चन्दा तथा अन्य अतिरिक्त शुल्कहरु लाई निरुत्साहित गर्नुपर्छ । त्यसैगरी, स्थानीय तथा प्राकृतिक स्रोतहरुबाट विभिन्न प्रकारका निर्माण सामाग्रीहरु संकलन तथा उत्खनन गर्दा स्थानीय वातावरणमा प्रतिकुल असर नपर्ने गरी सम्बन्धित सरोकारबालाहरुले गर्ने गराउनु पर्छ ।

भट्टराई युवा, अर्थतन्त्र, विकास तथा समसामयिक विषयबस्तुमा कमल चलाउनु हुन्छ ।

 

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !