ओली समूहद्वारा नेता पाण्डेको कार्यक्रम विथोल्ने प्रयासः नेपाल र खनालद्वारा कडा कारबाहीको माग

आजभोलि

चितवन/काठमाडौं । नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे उपस्थित भएको एक कार्यक्रममा नारावाजी तथा होहल्ला भएको छ । उनी राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए ।

उनले कार्यक्रममा नेकपाको विवादमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीले गुटको राजनीति गरेको बताएका थिए । उनले वर्तमानमा प्रधानमन्त्री ओलीले आफू खुशी पार्टी चलाएको विधि विधानलाई अस्वीकार गरेको भन्दै आलोचना गरको थिए ।

उनले प्रधानमन्त्री ओलीको आलोचना गरेपछि एक हुल कार्यक्रम हलभित्र प्रवेश गरेर नारावाजी गरेको नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले बताए । उनले भने केही उछृंखल युवा कार्यक्रम स्थलमा प्रवेश गरेरकार्यक्रम बिथोल्न खोजेको जनाएका छन् ।

चार पाँज जनाको समुहमा रहेका ती युवाहरुले पार्टी एकता जिन्दावाद, पार्टी एकता भाड्न पाइदैन र ओलीको पक्षमा नारावाजी लगाएका थिए । त्यसपछि उनीहरुलाई हलबाट बाहिर निकाललिएको थियो ।
वरिष्ठ नेता माधाव कुमार नेपाल तथा झलनाथ खनाल पक्षधरले ओली समूहको कार्यक्रम विथोल्ने र आक्रमण गर्ने षडयन्त्र भएको बताएका छन् । दुबै नेताहरुले वक्तव्य जारी गर्दै उक्त घटनामा संलग्नमाथि कडाकारबाहीको माग गरेका छन् ।

तर ओली पक्षले भने पाण्डेले पार्टी एकता भत्काउन तथा प्रधानमन्त्री ओलीलाई नभएका लान्छना लगाएपछि बिरोध जनाएको दाबी गर्दै आइरहेका छन ।

यसरी नेकपा विवाद अब स्थानीय तहसम्म पनि पुगेको छ । यसले स्थानीयस्तरमा पार्टी एकतालाई कमजोर बनाएको जनाइएको छ ।

आफ्नै नेतामाथि अभद्रशैली प्रस्तुत गरेको भन्दै पार्टी भित्र निकै आलोचना भइरहेको छ । उक्त घटनाको बारेमा ओली पक्षधर नेताहरुको भने प्रतिकृया आएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपालद्वारा जारी बक्तव्य

२०७७ मंसिर ६ गते

गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।

वरिष्ठ नेता झलनाथ खनालद्वारा जारी वक्तव्य

२०७७ मंसिर ६ गते

विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टि स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क। सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ ।

कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।

कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणबसमेत गराउँछु ।
पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई विनम्र अनुरोध छ ।

झलनाथ खनाल
वरिष्ठ नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

 

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !