राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि आइतवारबाट खुला

आजभोलि

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयभित्र रहेको राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ आइतवारबाट नागरिकका लागि खुला गरिने जनाइएको छ । राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डपछि बन्द रहेको थियो । श्री सदनको आइतबारदेखि सर्वसाधारणले अवलोकन गर्न पाउनेछन् ।

यस अघि २०७७ वैशाख १ गतेदेखि खुला गर्ने भनिएपनि कोरोना महामारीका कारण खुलाउन सकिएको थिएन ।

राजा वीरेन्द्रको निजी निवासमा हिटलरले स्व। राजा त्रिभुवनलाई उपहारस्वरुप दिएको कार, वीरेन्द्रले राजकीय समारोहमा प्रयोग गर्ने श्रीपेच भएको गाडी, विदेशी पाहुनाले प्रयोग गर्ने गाडी हेर्न लगायतक हेर्न पाउने छन् ।
राजा वीरेन्द्रले प्रयोग गरेको हेलिकोप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ ।

श्री सदन वि.सं.२०२३ सालमा बनेको थियो । १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो ।

 

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !