ओली-देउवा आकस्मिक गोप्य भेटः सत्ता साँझेदारीका लागि देउवा तयार

आजभोलि

काठमाडौं । नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला प्रतिपक्षी र प्रधानमन्त्रीको भेटलाई चासोको रुपमा हेरिएको छ । आइतवार एक्कासी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा गोप्य भेट भएको स्रोतले पुष्टि गरेको छ । ओली देउवालाइ फोन गरेर बालुवाटार डाकेको जनाएको छ ।

भेटमा संवैधानिक निकायको बारेमा कुराकानी भएको भनिएको छ । बाहिर जे आए पनि कांग्रेस उच्च श्रोतले दिएको जानकारी अनुसार ओली र देउवाबीच सत्ता साँझेदारीको बारेमा लामो कुराकानी भएको जनाएको छ । भेटमा ओलीले आफूलाई पार्टीभित्रैबाट असहयोग भएकोले आफू कांग्रेससँग सत्ता साँझेदारी गर्न इच्छुक रहेको बताएको स्रोतले जनायो ।

ओली सामान्य कुरापछि देउवासँग गोप्यमा एक्लै कुराकानी गरेको थिए । ओलीले सत्ता साँझेदारीको लागि के के गर्नु पर्ने हो म तयार छु । तपाई पनि यसको बारेमा सोच्नुस भने देउवालाई भनेको जनाएको छ ।

देउवाले आवश्यकताको आधारमा आफू पनि सत्ता साँझेदारीको लागि तयार रहेको जनाएको छ । स्रोतका अनुसार देउवाले आफू निकट कांग्रेसी नेतालाई बालुवाटारसँग नियमित सम्पर्क गर्ने जिम्मेवारी दिएको खुल्न आएको छ ।

अहिले नेकपाको विवादले फुटको रुप लिएको छ । नेकपामा अध्यक्ष प्रचण्डले सचिवालयमा आफ्नो राजनीतिक प्रस्ताव राखेपछि पार्टी भित्रको विवाद बढेको छ । नेकपाभित्रको विवादले देशमा नयाँ अस्थिरता जन्माएको छ ।

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !