के कर्णाली भोकै छ ?

आजभोलि

डा. अरुणा उप्रेती ।
कर्णालीका सांसद. प्रदेश र स्थानीय सरकारले साँच्चीकै कर्णालीमा खाद्यान्न पुगोस् भनेर केही काम गर्नुभयो ? काठमाडौंबाट चामल कर्णालीमा आओस् र जनतालाई चामल बाँडेर भोट किन्न सकिन्छ भन्ठानु भएको होइन ?

एकातिर सरकारले कर्णालीको विकासमा ध्यान दिएन भनेर हल्ला मच्चाउने तपाईँहरूले साँच्ची नै कर्णालीमा विकास खोज्नुभएकै छैन । किनभने खाली पेटमा विकासको कुरा गर्नु आश्चर्य हो । तर ’चामलको संस्कृति’ले कर्णालीमा कहिले पनि भोकबाट मुक्ति दिलाउन सक्दैन । हुम्ला, डोल्पा, मुगुका व्यक्तिहरू जहिले पनि चामल खोज्दै भौंतारिँदापछि कहिले पढाइ, कहिले जीवन, कहिले विकासको कुरा गर्ने ?
कर्णालीका विभिन्न जिल्लामा पर्यटकीय पदमार्ग, मन्दिर जिर्णोद्धार गर्न भनेर छुट्याएका रकम र कार्यक्रम साँच्चै नै कर्णालीका जनतासमक्ष पुगेर फल देलान् त ? शंकै छ, किनभने कर्णालीमा त जहिले पनि भोकमरीकै मात्र कुरा सुनिन्छ । भोको पेटमा त्यहाँका जनताले विकासका काममा कसरी सहभागिता जनाउलान् ? कसरी विमानस्थल र सडक, पदमार्ग बनाउलान्, कसरी मन्दिरको जिर्णोद्धार गर्लान्, कसरी रारा सिजाल परिक्रमा मार्ग निर्माण गर्लान् त ?

होइन, कर्णालीका जनताहरू भोका छैनन्, त्यहाँ त पर्याप्त खाद्यान्न छ। कोदो, फापर, आलु, सिमी पनि खाद्यान्न हुन्, यहाँका जनताले त्यसैको उपयोग गरेर स्वस्थ छन् र विभिन्न विकासका काममा लाग्न सक्षम छन् भनेर कर्णालीका सांसदहरूले यदि भन्नुहुन्छ भने त्यहाँ भोकमरी भएको समाचार त झुटो रहेछ । कुनै पनि सांसदले होइन मेरो जिल्लामा भोकमरी छैन भनेर साहससाथ भन्न सक्छन् ? उनीहरू भन्दैनन्, किनभने कर्णालीलाई सकेसम्म भोको, गरिब देखाएर कर्णालीका जनताको आत्मविश्वास गिराएर, कर्णाली र पछौटेपन पर्यायवाची हुन् भनेर चिनाएर आफू ठूलो बन्न खोजेको होइन र? त्यो खेलको भुमरीमा परेर कर्णालीका महिला र बालबालिका पीडित छन् ।

कर्णालीमा उडाएर र गुडाएर जसरी भए पनि चामल पुर्याउनैपर्छ भन्ने मानसिकताले नै कर्णालीका स्थानीय खाद्यान्नहरू अपहेलित भएको तथ्य तपाईँ नेताहरूलाई थाहा नभएको होला र ? तर अचम्म, कर्णालीमा अपहेलित सिमी, कोदो, जौ, फापरचाहिँ काठमाडौंमा आउने बित्तिकै बिक्री भैहाल्दो रहेछ खाद्य संस्थानले भनेअनुसार । त्यही खाद्यवस्तु भएका ठाउँमा चाहिँ भोकमरी, यो अचम्मको कुरा भएन र सांसदज्यू ?
तपाईँहरूले काठमाडौंका विभिन्न ठाउँमा ’यहाँ फापरको ढिँडो, कोदोको परिकार पाइन्छ’ भनेर ठूलो अक्षरमा लेखिएका विज्ञापनहरू र त्यस्ता रेस्टुरेन्टमा भित्र पसेर हेर्दा र्ने?

“ यसो होइन, हामीलाई त तिमी कोदो, फापर, चिनो, जौ आदि पनि खाद्यान्न हुन् भने थाहा थिएन। अब त थाहा पायौं, अब हामी कर्णालीमा चामल होइन, स्थानीय अन्न कसरी राम्रोसँग उब्जाउने भनेर कृषि विशेषज्ञसंँग छलफल गर्छौं। हामी आफै पनि यस्तै स्थानीय खानाको उपयोग गरेर स्वस्थ बन्नेछौं। कसरी यस्ता अन्नबाट थरीथरीका परिकार बनाएर कर्णाली आउने यात्रीलाई स्वागत गर्नेछौं । कर्णालीको गहुँ र अन्य अन्न बाहिर गएर महंँगोमा बिक्री हुन्छन् भने तिनलाई हामीले नै उपयोग गर्ने र बढी भए आफै बिक्री गर्नसक्ने अवस्था सिर्जना गर्न दबाब दिनेछौं। चामल ल्याउन दबाब दिने छैनौं”भनेर र कर्णालीका सांसदहरूले, प्रदेश सरकारले भन्नसक्नु हुनेछ ?

तर तपाईहरूले कर्णालीका जनतालाई काठमाडौंमा यी कोदो र फापर महंँगोमा बेचिने तथ्य आफ्ना जिल्लावासीहरूलाई बताउनुहुन्न । किनभने उनीहरूले कोदो र फापरको महत्त्व बुझे भने त चामलको वास्ता गर्ने छैनन्, काठमाडौंबाट चामल जान छोडेपछि त खाद्य संस्थानमा पनि चामल बाँड्ने काम नै हुने छैन, व्यापारीहरूले चामलमा कमिसन पाउने छैनन्, खाद्य संस्थानले हात बाँधेर बस्नु पर्नेछ र कर्णालीका सांसदहरूको ’चामल ल्याएर भोट पाउने’ बाटो नै बन्द हुनेछ, होइन र ?

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • ८. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ९. चिन्तारत बलदेव
  • १०. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी