विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार नाघ्यो

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ हजार ४०९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ लाख ९३ हजार ५७१ पुगेको छ । युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार २५६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ८९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड ८९ लाख ८३ हजार ५४१ पुगेको छ । संक्रमितमध्ये ४ करोड ७ लाख ६५ हजार ५२१ जना संक्रमण मुक्त भएका छन् ।

कुल संक्रमितमध्ये एक करोड ६८ लाख २४ हजार ४ सय बढी उपचाररत छन् भने १ लाख ३ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, अमेरिकामा संक्रमितको संख्या १ करोड २५ लाख ८८ हजार ६६१ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ६२ हजार ६९६ पुगेको छ भने अहिलेसम्म ७४ लाख ५२ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ९१ लाख ४० हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख ३३ हजार ७ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८५ लाख ६१ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख ७१ हजार नाघेको छ भने १ लाख ६९ हजार १९७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५४ लाख ३२ हजार भन्दा बढी निको भएका छन् ।

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. सुनिल थापा काँग्रेसको सहमहामन्त्रीमा मनोनित
  • ७. अपाङ्गता भएका व्यक्तिहरुले दैनिक सार्वजनिक स्थलहरुमा विभेद र समस्या भोगीरहेका छन्-डा. कोइराला
  • ८. जो वाइडेन गाह्रो अवस्थामा पेन्सिलभेनिया र नर्थ क्यारोलिना जित्नै पर्ने दबाबमा
  • ९. चिन्तारत बलदेव
  • १०. अभिभावकद्वारा गाउँपालिका र विद्यालयमा तालाबन्दी