विश्वमा एकैदिन ६ लाखबढी कोरोना संक्रमित थपिए, १२ हजारको मृत्यु

आजभोलि

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख २६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ हजारको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ लाख २६ हजार ७८३ पुगेको छ । युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ४६९ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ७ हजार भन्दा बढी संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ६ करोड ७ लाख १६ हजार ६३० पुगेको छ । संक्रमितमध्ये ४ करोड २० लाख २८ हजार ८१६ जना संक्रमण मुक्त भएका छन् ।

कुल संक्रमितमध्ये एक करोड ७२ लाख ६१ हजार बढी उपचाररत छन् भने १ लाख ३ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, अमेरिकामा संक्रमितको संख्या १ करोड ३१ लाख ३७ हजार ९६२ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ६८ हजार २१९ पुगेको छ भने अहिलेसम्म ७८ लाख ५ हजार २८० जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ९२ लाख ६६ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख ३५ हजार २ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८६ लाख ७७ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६१ लाख ६६ हजार नाघेको छ भने १ लाख ७० हजार ७९९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५५ लाख १२ हजार भन्दा बढी निको भएका छन् ।

  • ११ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !