आगामी मंगलबार किसान संगठनद्वारा भारत बन्दको घोषणा, कृषि कानुन खारेजीको माग

आजभोलि

भारतमा केन्द्र सरकारले हालै ल्याएका तीन कृषि कानून खारेजीको माग गर्दै प्रदर्शन गरिरहेका किसान संगठनहरुले डिसेम्बर ८ का दिन भारत बन्दको घोषणा गरेका छन् । दिल्ली चलो अन्दोलन अन्तर्गत पञ्जाब र हरियाणासहितका राज्यका किसान अहिले राजधानी दिल्लीका विभिन्न सीमा नाकामा बसेका छन् । सुरक्षाकर्मीले उनीहरुलाई दिल्ली पस्न दिएका छैनन् ।

आफ्ना माग पूरा नगरे डिसेम्बर ८मा दिल्लीका सबै टोलहरु घेराउ गर्ने किसान संगठनले बताएका छन् । भारतीय किसान युनियनका नेता गुरमान सिंह चढूनीले शनिबार हुने वार्तामा केन्द्र सरकारले आफूहरुको माग पूरा नगरेमा आन्दोलन थप तीव्र र सशक्त बनाउने बताएका छन् ।

पछिल्लो ९ दिनदेखि पञ्जाब, हरियाणासहितका राज्यबाट आएका किसान दिल्लीका विभिन्न सीमा क्षेत्रमा धर्नामा छन् । आन्दोलनरत किसान र सरकारबिच शनिबार पाँचौँ चरणको वार्ता हुँदैछ । यसअघि बिहीबार विज्ञान भवनमा चौथो चरणको वार्ता भएको थियो, जुन निष्कर्ष बिहीन बनेको थियो ।

अहिलेसम्मका वार्तामा कुनै पनि विषयमा सहमति भएको छैन । बिहीबारको वार्तामा किसानका ४० प्रतिनिधिले संसदको विशेष सत्र बोलाएर तीन कृषि कानून फिर्ता लिन आग्रह गरेका थिए ।

नयाँ कृषि कानून किसान विरोधी रहेको र ती कानूनले ठूला व्यवसायिक घरानालाई फाइदा गर्ने किसानको भनाई छ । तर सरकारले भने नयाँ कानूनले किसानलाई नयाँ अवसर प्रदान गर्ने दाबी गर्दै आएको छ ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !